७ जेष्ठ २०७९, शनिबार

May 21, 2022

नेपाल पञ्चाङ्ग निर्णायक समितिले गठन आदेश मस्यौदा गरी पठाएको एक दशकपछि मन्त्रिपरिषद्बाट पारित भएको छ । मन्त्रिपरिषद्को गत पुस २० गतेको बैठकले समितिको गठन आदेश पारित गरेको मन्त्रालयका संस्कृति शाखाप्रमुख दुर्गाप्रसाद पोखरेलले राससलाई जानकारी दिए । विधेयक समितिले गठन आदेश पारित गर्न पुस २ गते मन्त्रिपरिषद्मा दर्ता गरेको थियो ।

Advertisement

समितिले आर्थिक वर्ष २०६७/६८ मा गठन आदेश मस्यौदा गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयमा पेश गरेको थियो । मन्त्रालयमा पेश भएपछि अर्थ, कानूनलगायत मन्त्रालयको रायसुझाव लिई गठन आदेश पारितका लागि मन्त्रिपरिषद्मा पेश भएको थियो ।

समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराई सरकारले गठन गरेको समिति कसरी सञ्चालन गर्ने भन्ने नियम केही नभएकाले धर्म, संस्कृतिका क्षेत्रमा कार्यरत विज्ञसँग छलफल गरी त्यसबेला मस्यौदा गरी पठाएको बताए । संस्कृतिसम्बन्धी विषय सरकारको प्राथमिकतामा नपर्ने गरेकाले पारित हुन समय लागेको उनले बताए ।

समितिको गठन आदेशसमेत नहुँदा आफैँ कार्यविधि बनाएर काम गर्ने गरिएको अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताए । गठन आदेश नभएकै कारण विसं २०७० मा बनेको गौतम नेतृत्वको समितिले नै काम गर्दै आएको छ । समितिको गठन आदेश पारित भएसँगै केही प्रक्रिया पूरा गरी नेपाल राजपत्रमा प्रकाशन गरिने जनाइएको छ । प्रकाशन नभएसम्मका लागि पञ्चाङ्ग प्रकाशनलगायत दैनिक सञ्चालन हुने काम गर्न समितिलाई कुनै बाधा नरहेको संस्कृति शाखाप्रमुख पोखरेलले जानकारी दिए ।

विसं २०२५ मा स्थापना भएको समिति शुरुमा अध्यक्ष प्रा डा मङ्गलराज जोशीकै घरमा कार्यालय राखी सञ्चालन भएको थियो । स्थापना हुँदा नेपाल राजकीय पञ्चाङ्ग निर्णायक समितिका नाममा दरबारलाई ज्योतिषीय सल्लाह, सुझाव दिने काम हुने गरेको थियो । समितिलाई पात्रो (पञ्चाङ्ग) स्वीकृतिको जिम्मेवारी पनि दिइएको थियो । अध्यक्ष जोशीको निधनपछि विसं २०६१ मा नायब बडागुरुज्यू प्रा डा माधव भट्टराईलाई जिम्मेवारी दिइएको थियो । उनले पनि शुरुमा घरमै कार्यालय सञ्चालन गरेका थिए । केही समयपछि नेपाल प्रज्ञा-प्रतिष्ठानमा समितिको कार्यालय स्थापना गरियो ।

प्रतिष्ठानको एउटा कोठामा कार्यालय साँघुरो भएर २०६६ सालपछि पशुपतिस्थित महास्नानघरमा कार्यालय सञ्चालन गरिएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले महास्नान घरमा क्षति पुगेपछि एक वर्ष मैजुबहालस्थित सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलको घरमा कार्यालय चलाइयो । विसं २०७३ देखि भने सरकारले भाडा तिरेर घट्टेकुलोमा समितिको कार्यालय राखिएको छ । समितिले २०६१ साल पछि देखि नै नियमावली, निर्देशिका, कानून, गठन आदेश मस्यौदा गरी पठाइरहेपछि हालै मन्त्रिपरिषद्बाट गठन आदेश जारी भएको हो ।

प्रतिकृया दिनुहोस्

Flash News

भलवारी जेसीजद्वारा मुस्ताङको जन-नर्मल माध्यमिक विद्यालयलाई आर्थिक सहयोग पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना, ३१ जना घाईते स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन अग्रस्थानमा नै ८ वर्ष अघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा एमालेकाे स्पष्ट बहुमत रुपन्देहीको भैरहवाबाटै श्रम स्विकृति दिने तयारी काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेनको निरन्तर अग्रता बुटवलको प्रमुखमा गठबन्धनबाट पाण्डे, उपप्रमुखमा एमालेकी अर्याल मनास्लु हिमालको वेसक्याम्पमा सेनाद्वारा सफाई अभियान शुरु, ४ हजार किलो बढी फोहर संकलन पदबहालीसँगै जनतालाई राहत भन्दै विद्युत महसुलमा छुट बालेन शाहले कटाए ३४ हजार मत, स्थापितसँगको मतान्तर १५ हजार बढी अमेरिकाको शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु बलात्कारीलाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी डोटी बस दुर्घटना : १२ जना घाइते, ५ को अवस्था गम्भीर, बालक बेपत्ता उपमहानगरको पहिलो महिला मेयरमा इतिहास रचेकी लामा विद्यार्थीलाई यौन दुब्र्यवहार गर्ने गुल्मीका २ शिक्षक पक्राउ भरतपुरमा रेनु फराकिलो अग्रतातर्फ, पौडेलले कटाए १० हजार मत मधेसमा ओली ‘मिसन’ सफल-पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले निर्वाचनमा फूलमाला बिक्री बढ्यो