६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

काठमाडौँ । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल आगामी फेब्रुअरीको मध्यसम्म स्थगन गर्न आग्रह गरेका छन् ।

Advertisement

महाभियोगको प्रतिरक्षाका लागि आवश्यक गृहकार्य गर्न ट्रम्पका वकीलहरुलाई समय दिन म्याक्कोनेलले उक्त आग्रह गरेका हुन् । रिपब्लीकन पार्टीका सिनेटरसँगको कन्फरेन्स कलमा छलफल गर्दै म्याक्कोनेलले अघिल्लो पटकको महाभियोगकै हाराहारीमा ट्रम्पलाई समय चाहिने बताएका थिए । कन्फरेन्स कलमा सहभागी सिनेट सदस्य माइक ब्राउनले ट्रम्प विरुद्धको महाभियोग सुनुवाईका लागि आगामी फेब्रुअरीको १० वा ११ मा गर्न सकिने सुझाव राखेका थिए ।

म्याक्कोनेलले फेब्रुअरीको मध्यसम्म महाभियोगमाथिको सुनुवाई ढिलाई गर्नेबारेमा डेमोक्रेट पार्टीबाट कुनै जानकारी प्राप्त नभएको बताए । उनले भने, “अहिल्यै केही भएको छैन, तर हामी डेमोक्रेटसँग वार्ता अगाडि बढाउन खोजिरहेका छौं ।” यसै महिनाको शुरुमा म्याक्कोनेलले रिपब्लीकन सिनेट सदस्यहरुलाई सिनेटमा महाभियोग सम्बन्धी नियम बमोजिम तल्लो सदनमा महाभियोग सम्बन्धी व्यवस्थापकले सिनेटलाई जानकारी गराएपछि लगत्तै सिनेटमा छलफल हुने प्रचलन रहेको बताए ।

संसदकी सभामुख नान्सी पेलोसीले बिहीबार पत्रकार सम्मेलन गर्दै सिनेटमा सहमति जुट्नासाथ महाभियोगमाथिको सुनुवाई प्रारम्भ हुने र त्यसका लागि तल्लो सदन तयार रहेको जानकारी दिए ।डेमोक्रेट पार्टीको बहुमत रहेको तल्लो सदनले गत जनवरी १३ मा ट्रम्प विरुद्ध महाभियोग लगाउने सम्बन्धी एक प्रस्तावलाई २३२–१९७ मतान्तरले पारित गरिसकेको छ । ट्रम्प विरुद्ध अमेरिकी इतिहासमै एकै कार्यकालमा दुई पटक महाभियोग लगाइएको थियो ।

गत जनवरी ६ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको प्राँगणमा आफ्ना समर्थकलाई उत्तेजक भाषण दिएलगत्तै ट्रम्पका उग्र समर्थकले संसद भवनमा आक्रमण गरेका थिए । उक्त घटनामा एक प्रहरी अधिकृत सहित पाँच जनाको मृत्यु भएको थियो । अमेरिकी राजनीतिक इतिहासमा कालो दिनका रुपमा लिइएको उक्त घटनालाई डेमोक्रेट र कतिपय रिपब्लीकन सांसदले ट्रम्पको “सत्ता विद्रोह” का रुपमा लिइएको थियो ।–सिन्ह्वा

प्रतिकृया दिनुहोस्

Flash News

स्थानीय वायुको प्रभाव, आज देशका धेरै क्षेत्रमा वर्षाको सम्भावना तिलोत्तमामा मतान्तर बढाउँदै चापागाईं, उप मेयरमा चौधरी ३ हजार मतले अघि काठमाण्डौंमा बालेन करिब १२ हजार मतले अघि, यस्तो छ पछिल्लो मत परिणाम ५७९ स्थानीय तहको मतगणना सम्पन्न, २९,३०३ उम्मेदवार निर्वाचित बर्दघाटको मेयर र उपमेयरमा गठबन्धनका काग्रेंस-माओवादी विजयी तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो