६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यान्वयन गर्ने क्रममा देखा पर्न जाने सुशासन र पारदर्शिताका समस्यालाई व्यवस्थापन गर्र्दै कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेको छ ।

Advertisement

करीब आठ महिनादेखि सालका काठ, दाउराको कटान, मुछान, बिक्री वितरण र ओसारपसारमा लगाइएको रोकावट अझै नखुल्दा लाखौँ घनफिट साल काठ अलपत्र परेको अवस्थामा कांग्रेसले सो माग गरेको हो । नेपालको वन स्रोतको दिगो व्यवस्थापन गर्न तथा वन्य स्रोतबाट आय र रोजगारी सिर्जना गरी समृद्धिमा टेवा पुर्याउन एवं वन पैदावार आपूर्तिमा आत्मनिर्भरता बनाउन उक्त कार्यक्रमको निरन्तरता अति आवश्यक रहेको कांग्रेसको वन वातावरण तथा विपद् व्यवस्थापन केन्द्रीय विभागले जनाएको छ ।

वैज्ञानिक वन व्यवस्थापनका नाममा अनियमित तरिकाले काठ कटान भएको समाचार सार्वजनिक भएपछि नेपाल सरकारले गत जेठ १५ गते मन्त्रिपरिषद्को निर्णयमार्फत रुख कटान सङ्कलन ढुवानी र ओसारपसारमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । आम गुनासोपछि सरकारले जेठ २८ गते सालबाहेकका अन्य प्रजाति काठको सङ्कलन ढुवानी खुलाउने निर्णय गरे पनि सालको काठमाथि प्रतिबन्ध यथावत छ ।

विभाग प्रमुख अम्बिका बस्नेतले कांग्रेस नेतृत्वको तत्कालीन सरकारले समृद्धिका लागि वन भन्ने उद्देश्यका साथ वन नीति २०७१ जारी गरी वनमा आधारित उद्यमबाट देशमा आय र रोजगारी सिर्जना गरी राजस्व वृद्धि गर्ने र निर्यात घटाउने हेतुले सो कार्यक्रम लागू गरेको स्मरण गराएका छन् । वनको वैज्ञानिक व्यवस्थापन गर्न आवधिक १० वर्षे र दीर्घकालीन ८० वर्षे योजनासहित विसं २०७१ बाट प्रारम्भ गरिएको कार्यक्रमले वन्य स्रोतको उत्पादकत्व र उत्पादन वृद्धि गरी वनको दिगो व्यवस्थापनलाई सुनिश्चित गर्नुको साथै जैविक विविधता र अन्य वातावरणीय सेवालाई पनि टेवा पुर्याउँदै आएको छ ।

वैज्ञानिक वन व्यवस्थापनबाट उपभोक्ता समूह, वन उद्यमी र सरकार लाभान्वित हुँदै गएको विज्ञप्तिमार्फत उल्लेख गर्दै उनले वन नीतिको उद्देश्यअनुरुप चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यस कार्यक्रमले निरन्तरता पाएको बताएका छन् । वन उपभोक्ताको र वन उद्यमीको हित, वनको विज्ञान, माग र आपूर्तिको नियम तथा बजारको सिद्धान्त विपरित वन पैदावारको सङ्कलन, ओसारपसार एवं बिक्री वितरणलाई नै प्रभावित हुने गरी रोक लगाउन नहुने उनको टिप्पणी छ ।

प्रतिकृया दिनुहोस्

Flash News

बर्दघाटको मेयर र उपमेयरमा गठबन्धनका काग्रेंस-माओवादी विजयी तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए काठमाडौंमा स्थापितभन्दा बालेन १० हजार बढी मतले अगाडि