ताजा अपडेट »

प्रचण्ड-नेपाल पक्षको विरोध प्रदर्शन सुरु

शुक्रबार, ०९ माघ २०७७, १३ : ३९
4 Shares

काठमाडौँ । प्रचण्ड–नेपाल समूहको नेकपाले प्रतिनिधिसभा विघटनको विरोधमा आह्वान गरेको प्रदर्शन काठमाडौंमा सुरु भएको छ । शुक्रबार प्रदर्शनमा सहभागी हुनेहरूलाई काठमाडौं उपत्यकामा १० वटा स्थानलाई मुख्य आर्कका रुपमा तोकिएको छ ।

जसअनुसार माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्टिबाटिका, त्रिचन्द्र कलेज, बाल्मिकी कलेज क्षेत्रबाट जुलुस निकालिरहेका छन् । आजको प्रदर्शनमा एक लाख बढी कार्यकर्ता उतार्ने दाबी गरिएको छ । सबैतिरका जुलुस रत्नपार्कमा जम्मा भएर मुल जुलुसमा परिणत हुनेछ ।

उक्त जुलुस रत्नपार्क, बागबजार, पुतलिसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट एनएसी भोटाहिटी रत्नपार्क, विद्युतप्राधिकरण हुँदै सभामा परिणत हुनेछ । विरोध सभामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायतका शिर्ष नेताहरुले सम्बोधन कार्यक्रम रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।