२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

सांकेतिक तस्विर

बझाङ । बागथलाबाट भोपुरसम्मको जयपृथ्वी राजमार्गमा कालोपत्रे गर्दा कमसल निर्माण सामग्री प्रयोग भएको आशङ्का व्यक्त गर्दै स्थानीयवासीले चासो व्यक्त गरेका छन् । केही युवाले सडक अवलोकन गर्दा निर्माण सामग्री कमसल प्रयोग गरी सडक कालोपत्रे भइरहेको पाइएको थियो ।

Advertisement

कालोपत्रे गर्दा प्रयोग गरिएको अलकत्रा हातले उप्काउन मिल्ने खबर आएपछी बझाङका युवाले उक्त सडकको निगरानी गरेको थिए । अवलोकन गर्न जाँदा कमसल निर्माण समाग्री प्रयोग गरेको र सडकको धुलो सफा नगरी अलकत्रा बिछ्याएको पाइएको स्थानीय अशोक मल्लले बताए ।

उनका अनुसार सडक कालोपत्रे गर्दा ‘रिसोलिङ पिच’ गर्नुपर्ने ठाउँमा गिट्टी नराख्ने गरेको र मात्राअनुसार अलकत्रा प्रयोग नगरी सडक कालोपत्रे भइरहेको छ । सडक मर्मतका बेला सडकलाई फराकिलो गरेर कालोपत्रे गर्नुपर्ने भए पनि त्यसो नगरिएको पाइएको हो । यता कालोपत्रेको काममा गल्ती भएकोे निर्माण कम्पनिका प्रतिनिधि हरिप्रसाद खनाल स्वीकार गरेका छन् ।

ओटासिल सडक उप्कीसकेकाले सो मर्मतका लागि करिब रु छ करोडमा कम्पनीसँग सम्झौता भएको भए पनि निर्माण कम्पनीले सडकको छेउमा जाली नहाल्ने तथा किनारामा नाला नबनाएर नै सडक मर्मत गरिरहेको पाइएको छ । सडक निर्माणमा भइरहेको कमसल सामान परिवर्तन गरी गुणस्तरीय सामान प्रयोग नगरेमा युवाले कामलाई अवरोध पुर्याउने बताएका छन् । सडक डिभिजन कार्यालय बैतडीले जलजला निर्माण सेवा काठमाडौँलाई सो सडक कालोपत्रे गर्ने कामको जिम्मेवारी दिएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य तिलोत्तमामा चापागाईँ खाँण भन्दा ८ मतले अघि चुनाव चिन्ह दाङमा दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’ विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोपप्रति कांग्रेसको आपत्ति, ‘नतिजाले एमाले अत्तालियो’ भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु स्थापितभन्दा बालेन २८७५ मतले अगाडि गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै