९ जेष्ठ २०७९, सोमबार

May 23, 2022

फाइल तस्विर

लहान । ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको गोलबजारबाट दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय गोलबजार सिरहाबाट खटिएको टोलीले बिहीबार साँझ प्रतिबन्धित लागुऔषधसहित गोलबजार नगरपालिका-२ निवासी २२ वर्षीय राकेशकुमार साह र मिर्चैया नगरपालिका-८ निवासी २७ वर्षीय अनिल शर्मालाई पक्राउ गरेको हो ।

लागुऔषध बिक्री वितरणका लागि गोलबजारबाट लहानतर्फ आउँदै गर्दा गोप्य सूचनाका आधारमा स७प ५७१२ नंको पल्सर मोटरसाइकल र स१०प ५५२२ नंको मोटरसाइकलमा जाँच गर्दा लागुऔषध बरामद भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए।

पक्राउ परेकाहरुको साथबाट डिलक्स डिसी ३४ बोतल, डाइजोपाम इन्जेक्सन ४५ एम्पुल, नोफिन इन्जेक्सन ४५ थान, फेनारगन ४५ थान, स्पासप्रोक्सन ४८ थान, नाइट्रोभेट ट्याब्लेट एक हजार ४९७ थान लागुऔषध बरामद भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु स्वतन्त्र उम्मेदवारलाई जनताको हितमा काम गर्न सघाउनुपर्छ: महामन्त्री शर्मा अन्ततः अनुहार ढाकेरै समाचार पढ्न बाध्य भए अफगानी प्रस्तोता मौसम : हावाहुरीसहित वर्षाको सम्भावना क्यानडामा भीषण आँधीः ९ लाख घर विद्युतविहीन दलले छानेकालाई अस्वीकृत गर्दै मतदाता गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थलमा जजीरा एयरसँग चरा ठोक्कियो, उडान हुन सकेन स्थानीय सरकार र छाडा पशु चौपाया व्यवस्थापनको मुद्दा मोबाइल एपबाटै यसरी भगाउनुहोस्, आफ्नो वरपरका लामखुट्टे मणिमुकुन्द क्लबले मनायो पाँचौ राष्ट्रिय भलिबल दिवस, तिलोत्तमामा दिप प्रज्वलन चट्याङ लागेर एक जनाको मृत्यु, तीन गम्भीर घाइते बाघको आक्रमणबाट फूलकुमारीको मृत्यु पेट्रोलियम पदार्थमा १० रुपैयाँ, ग्यासमा २ सयले मूल्यवृद्धि तिलोत्तमामा कारले मोटरसाइकललाई ठक्कर दियो रेशम चौधरी जेलमा, रिहा माग्‍ने पार्टी बन्यो पहिलो बालेनको मत ४१ हजार कट्यो, सिंह स्थापितसँग मतान्तर बढाउँदै धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित तिलोत्तमामा खाँणले अग्रता बढाउँदै, चापागाईँ भन्दा ३५७ मतले अगाडि स्थानीय निर्वाचन: एक समीक्षा बाबुराम भट्टराईको गृह प्रदेशको स्थानीय तह नेतृत्वमा जसपा शून्य