७ जेष्ठ २०७९, शनिबार

May 21, 2022

काठमाडौँ । कोरोना सङ्क्रमणका कारण खुम्चिएको नेपालको अन्तर्राष्ट्रिय व्यापार विस्तार हुन थालेको छ । आर्थिक गतिविधि खुकुलो हुँदा आयात बढ्दो छ तर निर्यातमा भएको वृद्धिदर केही कम हुँदा व्यापार घाटाको आकार भने बढ्न थालेको छ ।

Advertisement

भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पुससम्म नेपालको व्यापार घाटा छ खर्ब नाघेको छ । यो अवधिमा नेपालले छ खर्ब ६१ अर्ब रुपियाँको वस्तु आयात गरेको छ भने निर्यात ६० अर्ब ८० करोड रुपियाँ मात्र पुगेको छ । तुलनात्मक रूपमा नेपालको व्यापार घाटा अघिल्लो आवको तुलनामा ५.८० प्रतिशतले कम हो । अघिल्लो पुससम्म यस्तो घाटा छ खर्ब ३७ अर्ब नाघेको थियो ।

त्यस्तै आयात ४.८१ प्रतिशतले घटेको देखिन्छ । केही महिनाअघि गत आवको तुलनामा १५ प्रतिशतभन्दा बढीले घटेको आयात पछिल्लो समय भने बढिरहेको छ । निर्यात ६.१४ प्रतिशतले बढेको छ तर यो वृद्धिदर भने घट्दो छ । पुससम्म नेपालको कुल अन्तर्राष्ट्रिय व्यापारको आकार सात खर्ब २२ अर्ब पुगेको छ । गत आवको पुसको तुलनामा यो ३.९८ प्रतिशतले कम हो । कुल व्यापारमा आयातको हिस्सा ९१.५८ प्रतिशत पुगेको छ भने ८.४२ प्रतिशत निर्यातको हिस्सा छ ।

व्यापार साझेदारको हिसाबले भारत सबैभन्दा अगाडि छ । भारतबाट नेपालले चार खर्ब ३८ अर्ब रुपियाँको आयात गर्दा ४३ अर्ब ५२ करोड रुपियाँको निर्यात गरेको छ । चीनबाट ९६ अर्ब रुपियाँको आयात हुँदा ५० करोड ७८ लाख रुपियाँको मात्र निर्यात भएको छ । त्यस्तै अर्जेन्टिनाबाट १५ अर्ब ३० करोड रुपियाँको आयात हुँदा चार लाख २५ हजार रुपियाँको मात्र निर्यात भएको तथ्याङ्कले देखाउँछ ।

यसबीचमा सबैभन्दा धेरै ३२ अर्ब ९३ करोड रुपियाँको डिजेल आयात भएको छ । त्यसपछि २९ अर्ब ६६ करोड रुपियाँको फलाम तथा स्टिल, २० अर्ब रुपियाँको मोबाइल, करिब १८ अर्बको कच्चा भटमास, १४ अर्ब तीन करोडको एलपीजी ग्यास आयात भएको देखिन्छ ।

निर्यात हुने सूचीमा भटमासको तेल सबैभन्दा माथि छ । पुससम्म नेपालबाट १७ अर्ब रुपियाँको भटमासको तेल निर्यात भएको छ । त्यसपछि तीन अर्ब ७८ करोडको अलैँची, दुई अर्ब ५२ करोडको कालो चिया, एक अर्ब ८८ करोडको गलैँचा निर्यात भएको छ ।- गोरखापत्र

प्रतिकृया दिनुहोस्

Flash News

मकवानपुरमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच जना घाइते भलवारी जेसीजद्वारा मुस्ताङको जन-नर्मल माध्यमिक विद्यालयलाई आर्थिक सहयोग पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना, ३१ जना घाईते स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन अग्रस्थानमा नै ८ वर्ष अघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा एमालेकाे स्पष्ट बहुमत रुपन्देहीको भैरहवाबाटै श्रम स्विकृति दिने तयारी काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेनको निरन्तर अग्रता बुटवलको प्रमुखमा गठबन्धनबाट पाण्डे, उपप्रमुखमा एमालेकी अर्याल मनास्लु हिमालको वेसक्याम्पमा सेनाद्वारा सफाई अभियान शुरु, ४ हजार किलो बढी फोहर संकलन पदबहालीसँगै जनतालाई राहत भन्दै विद्युत महसुलमा छुट बालेन शाहले कटाए ३४ हजार मत, स्थापितसँगको मतान्तर १५ हजार बढी अमेरिकाको शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु बलात्कारीलाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी डोटी बस दुर्घटना : १२ जना घाइते, ५ को अवस्था गम्भीर, बालक बेपत्ता उपमहानगरको पहिलो महिला मेयरमा इतिहास रचेकी लामा विद्यार्थीलाई यौन दुब्र्यवहार गर्ने गुल्मीका २ शिक्षक पक्राउ भरतपुरमा रेनु फराकिलो अग्रतातर्फ, पौडेलले कटाए १० हजार मत मधेसमा ओली ‘मिसन’ सफल-पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले