ताजा अपडेट »

लुम्बिनी चिनीमिल सञ्चालनको तायारी, विभिन्न मागसहित स्थानीयको ज्ञापन

विहीबार, ०८ माघ २०७७, २२ : ०२
6 Shares

नवलपरासी । लुम्बिनी चिनी मिल पुनः संचालनमा आउने भएपछि पश्चिम नवलरासी सुनवलका स्थानीयहरुले प्रदुषण नियन्त्रण गर्नुपर्ने लगाएतका विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालयनमा ज्ञापन पत्र वुझाएका छन् । विगतका वर्षहरुमा चिनी मिलको प्रदुषणले आक्रान्त वनेका स्थानीयले वातावरण प्रदुषण नियन्त्रण संघर्ष समितिनै बनाएका छन् ।

संघर्ष समितिले चिनि मिलले वातावरणीय र सामाजिक दायित्वनै पूूरा नगरी पुनः संचालनको तयारी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रमुख सागरमणी पाठकलाई ज्ञापन पत्र बुुझाएको हो । वि.स. २०६३ सालमा लुम्बिनी चिनी मिल र तत्कालिन सात राजनितिक दल र स्थानीय सरोकारवालाहरु बीच भएको समझदारीको कुनै वास्ता नगरी पुनः संचालन गरेकोप्रति गम्भिर ध्यनाकार्षण भएको संघर्ष समितिले जनाएको छ ।

संघर्ष समितिका अनुसार चिनी मिलले प्रदुषण नियन्त्रण नगरेको, चिनी मिलबाट प्रत्यक्ष असर पर्ने क्षेत्रहरुमा समाजिक दायित्व पूरा नगरेको, किसानको भुत्तानी गर्नुपर्ने रकम भुत्तानी नगरेको र विगत दुई वर्षदेखि बन्द रहेको चिनी मिल प्रदुषण नियन्त्रण र प्रत्यक्ष प्रभावित क्षेत्रहरुमा मर्मत सम्भार नै नगरी पुनः संचालनमा ल्याएको भन्दै संघर्षका कार्यक्रम अन्तरगत ज्ञापन पत्र बुझाएको हो । संघर्ष समितिका संयोजक कृष्ण के.सिले उद्योगको मापदण्ड पूरा गरेर वातावरणीय प्रदुषण नियन्त्रणका उपाय अवलम्वन र उखु कृषकहरुको रकम समेत भुत्तानी गर्ने सुनिश्चतता हुनुपर्ने स्थानियहरुको माग रहेको बताए ।

यथास्थितिमा चिनी मिल सञ्चालन गरे संघर्षका जुनसुकै कार्यक्रमहरु संचालन गर्ने संघर्षसमितिका सचिव जिवन पौडेलले बताए । यता लुम्विनी चिनी मिलले भने नयाँ व्यवस्थापनका साथ प्रदुषण नियन्त्रणमा संवेदनशिल हुदै संचालनको तयारीमा रहेको जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।