ताजा अपडेट »

राष्ट्रिय महिला लिग फुटबल : सावित्राको ह्याट्रिकमा एपिएफ विजयी

विहीबार, ०८ माघ २०७७, २० : १५
4 Shares

काठमाण्डौं । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आज भएको खेलमा सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । एफिएफ क्लबले चन्द्रपुर नगरपालिकालाई ६-० गोलले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा एपिएफले खेलको १४ औँ मिनेटमा खेलमा अग्रता लिएको थियो । उसका लागि भण्डारीले पहिलो गोल गरेकी थिए । खेलको २२ औँ मिनेटमा एपिएफले थप एक गोल गरेको थियो । मध्यान्तरपछिको खेलमा एपिएफका लागि खेलको ६१औँ मिनेटमा भण्डारीले नै गोल गरिन् । लगत्तै एपिएफका लागि अनिता बस्नेतले गोल गरिन् । खेलको ७१ औँ मिनेटमा एपिएफका लागि पाँचौ गोल भण्डारीले नै गरिन् भने खेलको ८९ औँ मिनेटमा एपिएफका लागि छैटौँ गोल प्रिती राईले गरेकी थिइन् ।

वालिङ र विराटनगरले अङ्क बाँडे
राष्ट्रिय महिला लिगकै आज भएको अर्को खेलमा विराटनगर र वालिङबीचको खेल बराबरीमा सकिएको छ । खेलमा दुवै टोलीले एक एक गोल गरेका थिए । खेलको दोस्रो मिनेटमा वालिङका लागि सञ्जना शर्माले गोल गरेको थिइन् ।

यस्तै मध्यान्तरपछिको खेलमा विराटनगरका लागि खेलको ६२औँ मिनेटमा आशा कुमारीले गोल गरिन् । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् । बराबरीपछि विराटनगर र वालिङले एक एक अङ्क बाँडेका छन् ।

रासस
लेखकको बारेमा
रासस