ताजा अपडेट »

नेपाली कांग्रेसको विरोध वडा स्तरमा

विहीबार, ०८ माघ २०७७, १८ : ०६
6 Shares

भैरहवा । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत गरेको संसद बिघटनको विरोधमा नेपाली कांग्रेसले गरेको बिरोध कार्यक्रम वडा स्तरमा पुगेको छ । माघ ८ गते नेपाली कांग्रेसको नेपाल भरिका वडा समितिहरुले विरोध सभाको आयोजना गरि विरोध प्रदर्शन गरेका छन् ।

नेपाली कांग्रेस वडा समिति ७ सिद्धार्थनगरले पनि भैरहवामा विरोध सभाको आयोजना गरेको छ । ७ नम्बर वडाका बुथ सभापति बसन्त कुमार लाल कर्णको अध्यक्षतामा भएको विरोध कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापति मात्रिका प्रसाद यादवले ओली सरकारले आफ्नो निर्णय फिर्ता नलिए अझै विरोध चर्काउदै लैजाने बताए । यादवले नेकपाको आन्तरिक कलहको सजाय अहिले सम्पूर्ण नेपाली जनताले भोगि रहेको कारण निर्णय फिर्ता लिन चेतावनी दिए ।

यस्तै कार्यक्रममा बोल्दै कांग्रेसका नगर सभापति दिलिप धितालले जनताहरु समृद्धिको झुठो आश्वसनले नेकपालाई बहुमत दिए पनि त्यसको सदुपयोग नभएको जिकिर गरे । वडा नम्बर ७ को भैरहवागाउँ बाट बिभिन्न नारा सहित ¥यालीको आयोजना गरि डाँडागाउँमा पुगेर बिरोध सभा आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि बिष्णु थापा, पर्यवेक्षक माधवी शर्मा, जिल्ला सदस्य रामकिशुन विश्वकर्मा लगायतले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन बुथ सभापति अमृत कर्माचार्यले गरेका थिए । केन्द्रिय समितिको निर्देशन अनुसार सिद्धार्थनगर नगरपालिका अन्र्तगतका १३ वटै बुथमा एकै पटक विरोध कार्यक्रमको आयोजना गरिएको थियो ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा