ताजा अपडेट »

निर्माण व्यवसायीको भवन पाँच महिना भित्रै तयार

विहीबार, ०८ माघ २०७७, १८ : ०१
8 Shares

भैरहवा । अरुको भवन ढिलो बनाउने निर्माण व्यवसायीको आफ्नै भवन ५ महिनाको समयमा तयार भएको छ । लुम्बिनी निर्माण ब्यवसायी संघ रुपन्देहीले आफ्नो हाता भित्र निर्माण गरेको दुई तल्ले भवन ५ महिना नपुग्दै तयार गरेको छ ।

भदौ १५ गते शिलान्यास भएको भवनको यहि माघ १० गते उदघाटन हुदैछ । संघले बिहिवार पत्रकार सम्मेलनको आयोजना गरि उदघाटन कार्यक्रम बारे जानकारी गराएको छ । घर निर्माणमा कुनै अवरोध नभएको कारण छिटै सम्पन्न भएको संघका अध्यक्ष विनय ज्ञवालीले बताए । उनले सरकारी वा अन्य निकायको घर बनाउदा बिभिन्न बाधाहरुको कारण निर्माण समयमा ढिलाई हुने गरेको दावी गर्दै बाधा नआए निर्माण व्यवसायीले समयमै काम सक्छन् भन्ने यसले सन्देश दिएको जिकिर गरे ।
“कहि जग्गाको विवाद, मुआव्जाको विवाद लगायतको कारणले निर्माण व्यवसायीले समयमा काम गर्न पाउदैनन् जसले गर्दा निर्माण काम लम्बिने गरेको छ ।” अध्यक्ष ज्ञवालीले भने “समयमै काम गर्न पाए निर्धारित अवधिमै काम सम्पन्न गर्न सकिन्छ भनेर हामीले सन्देश पनि दिएका छौ ।”

८ कोठाको घर संघले कुनै संस्थागत सहयोग बिना व्यवसायीहरुबाट रकम संकलन गरेर बनाईएको संघका कोषाध्यक्ष प्रितम रौनियारले जानकारी दिए । करिब ४५ लाख लागत रहेको घरको सबै कोठा संघको आर्थिक लाभ गर्न ब्यवसायीक प्रयोजनमा प्रयोग गरिने उनले बताए । माघ १० गते उदघाटन निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रवि सिंहले गर्ने कार्यक्रम रहेको छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा