ताजा अपडेट »

नवलपरासीमा निर्वाचन केन्द्र निर्धारण

विहीबार, ०८ माघ २०७७, १६ : ११
8 Shares

नवलपरासी । सरकारले बैशाख १७ र २७ गतेको लागि घोषणा गरेको निर्वाचनको जिल्ला–जिल्लामा पनि तयारी सुरु भएको छ। पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन भएर निर्वाचनको मिति घोषणा भएको थियो ।

प्रतिनिधि सभा विघटन विरुद्ध सत्तारुढ नेकपाकै प्रचण्ड–माधव पक्ष र अन्य दलले आन्दोलन गरिरहेका छन् । यस विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ जारी छ । निर्वाचन हुने या नहुने भन्ने अन्योल भइरहेको बेला जिल्ला निर्वाचन कार्यालयहरुले चुनावको तयारीको लागि विभिन्न काम थालिसकेका छन् ।

दैनिक जसो विरोध प्रर्दशन हुने पश्चिम नवलपरासीमा निर्वाचनको तयारी थालिएको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आयोगको निर्देशन अनुसार काम सुरु गरेको जिल्ला निर्वाचन अधिकारी सुजाता खत्रिले जानकारी दिए । पुस २६ गते बाट कार्यालयले निर्वाचनको तयारी स्वरुप काम थालेको हो ।

जस अनुसार मतदान स्थल तथा केन्द्र निर्धारणको काम भईरहेको छ । स्थानिय तहहरु संगको समन्वयमा काम भईरहेको खत्रिले बताए । यस्तै मतदाता नामावली अध्यावधिकको काम पनि सुरु भईरहेको छ ।

माघ १५ देखि २४ गते सम्म नामावलीमा दाबी विरोधको काम हुने पनि उनले जानकारी दिए । सो समयमा मतदाता नामवलीमा गल्ती भए सच्चाउने र दाबी विरोधको प्रक्रिया अनुसार नामावली अध्यावधि गर्ने काम हुने कार्यालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।