२३ असार २०७९, बिहीबार

Jul 7, 2022

फाइल तस्विर

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ । केन्द्रीय सङ्घर्ष समितिले सभालाई पनि व्यवस्थित बनाउन आग्रह गरेको छ ।

स्थानीय रत्नपार्कमा शुक्रबार हुने विरोधसभामा काठमाडौँ उपत्यका र आसपासका जिल्लाका जनसमुदायको सहभागिता हुने नेकपाले जनाएको छ । विरोधसभा शुरु हुनुअघि राजधानीका विभिन्न स्थानबाट निकालिने जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईँ, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराईलगायतले गर्ने बताइएको छ ।

सभालाई नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने जनाइएको छ । यही माघ ३ गते बसेको सङ्घर्ष समितिको बैठकले प्रतिनिधिसभा विघटनको विरोध तथा लोकतन्त्र, संविधान र जनअधिकारको रक्षाका लागि माघ ९ गते विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । बैठकले विरोध प्रदर्शनमा व्यापक जनसहभागितासहित ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न सङ्घसङ्गठन तथा जनसमुदायमा अपिल गरेको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन उपाध्यक्षमा नारायणकाजी ‘कन्फर्म’, कुन पदमा कसकाे सम्भावना धेरै ? रुपन्देहीको दानापुर तालमा डुबेर सैनामैनाका पाण्डेको मृत्यु सुनको भाउ एक हजार चार सय रुपैयाँ घट्यो पदाधिकारी टुंगो लगाउन खुमलटारमा माओवादी बैठक सुरु खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध रुसी इन्धन किन्न श्रीलंकाका राष्ट्रपतिले मागे पुटिनसँग सहयोग हैजाबाट जोगिन व्यक्तिगत सरसफाइमा ध्यान दिन एनआरएनएको आग्रह ट्राफिक नियम उल्लङ्घन गर्ने २४ सय २८ जना सवारी चालक कारवाहीमा मिटरब्याजी रामदेव साहका छोराछोरी कारागार चलान