२२ असार २०७९, बुधबार

Jul 6, 2022

बलेवा । दूध उत्पादनमा आत्मनिर्भर बागलुङका किसानले सहकारी र समूहमा आवद्ध भएर दूधको उत्पादन तथा बजारीकरण गरिरहेका छन् । दूधको उत्पादन बढाउने र किसानलाई थप व्यावसायिक र अत्मानिर्भर बनाउन भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र बागलुङले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गर्न थालेको छ ।

Advertisement

केन्द्रले सहकारीमार्फत दुग्ध उत्पादक किसानलाई प्रतिलिटर दुई रुपैंयाँ ५० पैसाको दरले अनुदान उपलब्ध गराउने भएको होे । सार्वजनिक सूचनामार्फत किसानका समूह वा सहकारीमार्फत केन्द्रले प्रस्ताव आह्वान गरेको थियो । अहिलेसम्म जिल्लाभर आठवटा सहकारीले अनुदानका लागि प्रस्ताव पेश गरेका छन् । गण्डकी प्रदेश सरकारको उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष किसानले ४० लाख रुपैयाँ पाउँदै छन् । आठ सहकारीमा आवद्ध ८ सय किसानले अनुदान पाउने पशु स्वास्थ्य अधिकृत केशव पौडेलले बताए ।

अनुदानलाई किसानसम्म पुर्याउन केन्द्रले दूध उत्पादन र बजारीकरणको मापदण्ड बनाएको छ । “गत आर्थिक वर्षमा तीन वटा सहकारीले मात्रै मापदण्ड पूरा गरेर अनुदान पाएँ”, पौडेलले भने, “यो वर्ष किसान र सहकारीमा उत्साह देखिन्छ, सबैले मापदण्ड पूरा गरेर प्रस्ताव पेश गरेका छन् ।” केन्द्रले दिने अनुदान पाउन सहकारीले एक महिनामा कम्तीमा २०० लिटर दूध उत्पादन र बिक्री वितरण गरेको हुनुपर्नेछ ।

हरेक महिना सहकारीमार्फत बिक्री गरेको दूधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिने पौडेलले बताए । गत आर्थिक वर्षमा कालीगण्डकी दुग्ध उत्पादक सहकारी, नमूना दुग्ध उत्पादक सहकारी र बागलुङ पशु स्रोत विकास फार्मले अनुदान पाएका थिए । “अहिले पेश भएका सबै प्रस्तावले अनुदान पाउछन्, बजेट पर्याप्त भएकाले समस्या हुँदैन्”, उनले भने, “अझै धेरै किसान मापदण्ड बाहिर छन्, उनीहरुसमेत आउने क्रम जारी छ ।” दुग्ध उत्पादक सहकारीलाई प्रदान गरिएको अनुदान रकम सहकारीमार्फत किसानले प्राप्त गर्नेछन् ।

उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकोले उत्पादनको आधारमा अनुदान रकम दिने नीति लिएको केन्द्रले जनाएको छ । किसानले पाउने अनुदान रकम चौमासिक भुक्तानी हुने केन्द्रले जनाएको छ । उत्पादन र बिक्री वितरणको तथ्याङ्क सहकारीले राख्नेछन् । सहकारीले पठाएको तथ्याङ्कको आधारमा केन्द्रले सिधैँ खातामा रकम जम्मा गरिदिन्छ । “बजार मूल्य कम हुँदासमेत किसानलाई अनुदानले उत्साह थप्छ”, कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाका सचिव रुद्रनाथ शर्माले भने, “सहकारीबाट पाउने बोनस र अनुदानले किसान उत्साहित छौं ।”

बागलुङमा दैनिक दुई हजार लिटरभन्दा धेरै दूध उत्पादन हुन्छ। जिल्लाभित्रका स–साना बजारका आलावा यहाँको दूध छिमेकी जिल्लामा निर्यात हुन्छ । जिल्लाको जैमिनी, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका अधिकांश किसान दूध उत्पादन तथा बजारीकरणसँग जोडिएका छन् । माटोमा अम्लीयपन फेला

गहुँको राम्रो उत्पादन हुने ताराखोला क्षेत्रको माटोमा अम्लीयपन भेटिएको छ । धौलागिरि बहुमुखी क्याम्पसको विज्ञान सङ्काय स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीले गरेको अनुसन्धानमा ताराखोला गाउँपालिका–१ माझखर्क क्षेत्रको माटोमा अम्लीयपन बढी फेला परेको हो । माटोमा भएको अम्लीयपनले उत्पादकत्व घटाउछ । माझखर्कको खेतबारीको माटोमा चाहिने भन्दा बढी अम्लीयपन फेला परेको अनुसन्धानमा संलग्न विद्यार्थी श्याम गैरेले बताए । गैरेले गहुँखेतीको माटोमा चाहिने खाद्यपदार्थ नाइट्र«ोजन, फसफोरस, पोटासियम, ब्रोन, जिन, विद्युतीय धारको नमूना परीक्षण गरेका थिए । पिएच स्केलमा माटोको अम्लीय र क्षारिय गुण परीक्षण गर्दा अम्लीयपन ६.४ प्रमाणित भएको थियो ।

‘प्रोजेक्ट वर्कको रुपमा गैरेले नौ महिना लगाएर माझखर्क क्षेत्रको २० स्थानको माटो परीक्षण गरेका थिए । परीक्षण भएको माटोमा अर्गानिक तत्व बढी पहिचान भएको छ । उक्त तत्वले बिरुवालाई ठूलो बनाउन सहयोग गर्छ । गैरेका अनुसार उक्त माटोमा जिन र ब्रोन तत्वको मात्र कमी हुँदा बोट ठूलो भए पनि दाना सानो हुने, पहँेलो रोग लाग्नुका साथै फल कुहिने वा झर्न समस्या हुने गर्दछ ।

उक्त क्षेत्रको खेतीयोग्य जमीनमा कृषि चुन र जैविक मलका प्रयोगलाई बढाउनुपर्ने पृथ्वीनारायण क्याम्पस पोखरा रसायन शास्त्र विभागका प्रमुख प्राध्यापक डा एडी मिश्रको सुझाव छ । ‘माटोको नमूना परीक्षणले अम्लीयपनको मात्र बढी देखिन्छ’, उनले भने,“व्यावसायिक उत्पादनका लागि माटो सुधार गर्नुपर्ने सुझाव छ ।” स्थानीय तहको समन्वयमा मोटो, बोटबिरुवा, खनिज, ढुङ्गा, पहाडी चट्टान, दूध, तेल, पानीको विषयमा पनि अनुसन्धान गर्न उनले आग्रह गरे ।

धौलागिरि बहुमुखी क्याम्पसले विज्ञान विषयमा स्नातक तह कक्ष सञ्चालन गरेपछि पहिलो पटक ‘रिसर्च बेस’ अध्ययन भएको क्याम्पस प्रमुख प्राध्यापक डा रामप्रसाद उपाध्याले बताए । ‘सीमित स्रोत साधनकाबीच पहिलो पटक सैद्धान्तिक ज्ञानलाई व्यावहारिक बनाउने कोशिस भएको छ’ उनले भने,“स्थानीय तहले सहयोग गरेको खण्डमा अन्य क्षेत्रमा पनि अनुसन्धान गर्न सकिन्छ ।”

प्रतिकृया दिनुहोस्

Flash News

भारत र कुवेतमा महिला बेचबिखन गर्ने कार्यमा संलग्न तीन जना पक्राउ प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न १० अर्ब खर्च हुने मंसिर २ मा एकै चरणमा प्रदेश र प्रतिनिधिसभाका निर्वाचन गर्न सिफारिस भात पकाउन नेपालीले वर्षेनी किन्छन् ५१ करोडभन्दा बढीको राइस कुकर मैले सीसीटिभीको फुटेज डिलिट गरेको छैन, यसको ज्ञान पनि छैन : शर्मा अर्थमन्त्री शर्माले दिए राजीनामा अर्थमन्त्री शर्माको भाषण एमालेद्वारा बहिस्कार बस दुर्घटना, पाँच जना घाइते अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म उनको कुरा सुन्दैनौं : भट्टराई यु-२० टिममा स्थान बनाउन डेनमार्कदेखि काठमाडौंसम्मकाे यात्रा अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन जोनसनलाई एकपछि अर्को झट्का, थप दुई मन्त्रीले दिए राजीनामा ४४ वर्षअघि लेखिएको मेसेज फेला परेपछि… असार २६ गते सार्वजनिक विदा चौधरी ग्रुपको स्पष्टीकरणः बजेट निमार्णमा हाम्रो कुनै संलग्नता छैन, छानबिन होस् वीरगञ्ज महानगरले घटायो सम्पत्ति करको दर माओवादी केन्द्रीय समिति बैठक स्थगित सर्वोच्चका दुई महत्वपूर्ण फैसला : वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो खेर गएको प्लास्टिकबाटै यसरी उत्पादन हुन्छ इन्धन अर्घाखाँचीको सिद्धाराकाे गाउँमा पहिलाेपटक बिजुली पुगेपछि…