ताजा अपडेट »

पौषसम्मको पूँजीगत खर्च प्रगति सन्तोषजनक : बुटवल उपमहानगर

विहीबार, ०८ माघ २०७७, १३ : ०६
4 Shares

बुटवल । गत वर्षको तुलनामा बुटवल उपमहानगरपालिकाको पूँजीगत खर्च प्रगति सन्तोषजनक रहेको उपमहानगरले जनाएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव भएता पनि नगरको पूँजीगत खर्च प्रगती गत आर्थिक वर्षको तुलनामा सन्तोषजक रहेको उपमहानगरले जनाएको छ ।

बुटवल उपमहानगरपालिकाको नियमित पत्रकार सम्मेलनका क्रममा उपभोक्ता समितीहरुबाट सञ्चालित गत वर्ष सम्पन्न हुन नसकेका योजनाहरु सम्पन्न हुदाँ पूँजीगत खर्च बढेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि २ अर्ब १ करोड ६५ लाख विनियोजित बजेटमध्ये पौषसम्म ५६ करोड ६५ लाख खर्च गरेको छ । जसमध्ये चालु तर्फ ३१.२७ प्रतिशत खर्च भएको छ भने पूँजीगत खर्च तर्फ २५.४२ प्रतिशत र वित्तिय खर्च तर्फ ४२.२७ प्रतिशत रकम खर्च भएको छ ।

गत आर्थिक वर्ष पौषसम्म चालु खर्च ३१.२७ प्रतिशत, पूजीगत खर्च १८.६६ प्रतिशत बजेट खर्च भएको थियो । उपमहानगरले आन्तरिक ऋणलाई घटाउँदा वास्तविक आन्तरिक आर्य तर्फ ५९.५६ प्रतिशत प्रगति हासिल भएको पनि प्रवक्ता रेग्मीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।