२२ असार २०७९, बुधबार

Jul 6, 2022

फाइल तस्विर

लमजुङ । यहाँ भूकम्पबाट क्षति पुगेका ८५ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएका छन् । भूकम्पबाट क्षति पुगेका १२७ विद्यालयमध्ये ६० प्रतिशतको निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ शिक्षां लमजुङले जनाएको छ ।

Advertisement

सो विद्यालय पुनःनिर्माणका लागि रु ६२ करोड खर्च भएको एकाई प्रमुख अशोक पराजुलीले जानकारी दिए । उनका अनुसार साउदी अरेबियका दूतावासबाट भवन पुनःनिमार्णका लागि आएको रु १२ करोड, गैरसकारी संस्था र विद्यालय व्यवस्थापन समितिमार्फत गरी भवन पुनःनिर्माणका लागि आएको कूल रु एक अर्ब १२ करोडमध्ये उक्त रकम खर्च भएको छ ।

एक सय २७ विद्यालयमध्ये १६६ भवन पुनःनिर्माण हुने र तीमध्ये ८५ वटा भवनको पुनःनिर्माण सम्पन्न भइसकेको र ८१ भवन निर्माणाधीन अवस्थामा रहेको इकाइ प्रमुख पराजुलीको भनाइ छ । उनका अनुसार पुनःनिर्माण सम्पन्न भइसकेका विद्यालय भवनमध्ये २० कोठे भएका तीन वटा विद्यालय भवन गैरसरकारी संस्था गोरखा वेयलफेरयले निर्माण गरेको छ । तीसंस्थाले चार वटा विद्यालय भवनको पुनः निर्माण गुर्नपर्ने छ ।

साउदी सरकारले बनाउन लागेको चार वटा विद्यालय भवन निर्माणाधीन रहेको इकाई प्रमुख पराजुलीको भनाइ छ । उनले भने, “३२ वटा शौचालय निर्माण सम्पन्न भइसकेको छ भने ३६ वटा शौचालय निर्माणाधीन अवस्थामा रहेको छ ।” त्यस्तै, ३७ वटा खानेपानी धारा निर्माण गर्नुपर्नेमा ती सबै निर्माणाधीन अवस्थामा रहेको इकाइले जनाएको छ ।

चालू आर्थिक वर्षमा ८१ विद्यालय भवन, ३६ शौचालय र ३७ खानेपानी धाराको पुनःनिर्माण गर्ने लक्ष्य लिएको प्रमुख पराजुलीको भनाइ छ । जिल्लामा विद्यालय भवन पुननिर्माण आर्थिक वर्ष २०७३/७४ बाट शुरु भएको थियो ।

उक्त आर्थिक वर्षदेखि जिल्लामा पुनःनिर्माण गर्नुपर्ने विद्यालय भवन पाँच वर्ष अवधि रहेकोमा निर्धारित समयमै सम्पन्न हुन लागेको इकाइ प्रमुख पराजुलीले जानकारी दिए । जिल्लामा कूल ३५२ सामुदायिक विद्यालय रहेकोमा १२७ विद्यालयमा भूकम्पले क्षति पु¥याएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

भारत र कुवेतमा महिला बेचबिखन गर्ने कार्यमा संलग्न तीन जना पक्राउ प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न १० अर्ब खर्च हुने मंसिर २ मा एकै चरणमा प्रदेश र प्रतिनिधिसभाका निर्वाचन गर्न सिफारिस भात पकाउन नेपालीले वर्षेनी किन्छन् ५१ करोडभन्दा बढीको राइस कुकर मैले सीसीटिभीको फुटेज डिलिट गरेको छैन, यसको ज्ञान पनि छैन : शर्मा अर्थमन्त्री शर्माले दिए राजीनामा अर्थमन्त्री शर्माको भाषण एमालेद्वारा बहिस्कार बस दुर्घटना, पाँच जना घाइते अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म उनको कुरा सुन्दैनौं : भट्टराई यु-२० टिममा स्थान बनाउन डेनमार्कदेखि काठमाडौंसम्मकाे यात्रा अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन जोनसनलाई एकपछि अर्को झट्का, थप दुई मन्त्रीले दिए राजीनामा ४४ वर्षअघि लेखिएको मेसेज फेला परेपछि… असार २६ गते सार्वजनिक विदा चौधरी ग्रुपको स्पष्टीकरणः बजेट निमार्णमा हाम्रो कुनै संलग्नता छैन, छानबिन होस् वीरगञ्ज महानगरले घटायो सम्पत्ति करको दर माओवादी केन्द्रीय समिति बैठक स्थगित सर्वोच्चका दुई महत्वपूर्ण फैसला : वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो खेर गएको प्लास्टिकबाटै यसरी उत्पादन हुन्छ इन्धन अर्घाखाँचीको सिद्धाराकाे गाउँमा पहिलाेपटक बिजुली पुगेपछि…