ताजा अपडेट »

तिलोत्तमा चेम्बर अफ कमर्शको अधिवेशन माघ १४ मा

विहीबार, ०८ माघ २०७७, १२ : १४
20 Shares

तिलोत्तमा । तिलोत्तमा चेम्बर अफ कमर्सको तेस्रो अधिवेशन यही माघ १४ गते हुने भएको छ । माघ १० गतेका लागि तय गरिएको अधिवेशन माघ १४ गते बुधबारका लागि सारिएको हो ।शंकरनगरस्थित रेडिसन पार्टी प्यालेशमा हुने अधिवेशनको अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष झविन्द्रप्रसाद कंडेलले जानकारी दिए ।

अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृव चयन गर्ने छ । नयाँ नेतृत्वका लागि भने अध्यक्ष लगायतका सबै पदाधिकारीमा एकएक जना र सदस्यहरुमा तोकिएको संख्यामा मात्रै उम्मेदवारी परेपछि कार्यसमिति निर्विरोध भैसकेको छ । यद्यपी निर्वाचन समितिले औपचारिक घोषणा भने अधिवेशन पछि नै गर्ने जनाएको छ । निर्वाचन समितिका संयोजक कृष्ण नेपालका अनुसार आगामी कार्यकालको लागि संघको अध्यक्षमा बाबुलाल भुसाल निर्विरोध भएका छन् ।

त्यस्तै प्रथम उपाध्यक्षमा रामचन्द्र पाण्डेय, द्वितीय उपाध्यक्षमा नेत्रप्रसाद न्यौपाने, महासचिवमा विष्णु बहादुर बराल क्षेत्री, कोषाध्यक्षमा बाबुराम कंडेल र सचिवमा मानबहादुर बर्मा पनि निर्विरोध भएका छन् । त्यस्तै निर्वाचित हुने १७ जना कार्यसमिति सदस्य, एकजना लेखासमिती संयोजक र दुईजना लेखासमिति सदस्य निर्विरोध भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।