१७ असार २०७९, शुक्रबार

Jul 1, 2022

काठमाण्डौं । राष्ट्रिय महिला फुटबल लिगको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका छन् । दशरथ रङ्गशालामा बुधबार भएको खेलमा दुवै टिमले गोल गर्न सकेनन् । दुवै विभगीय टोलीबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो ।

Advertisement

खेलको पहिलो हाफमा पुलिसका खेलाडी आर्मीका खेलाडीमाथि हाबी भएका थिए । मध्यान्तरपछिको खेलमा भने पुलिसले आर्मीभन्दा राम्रो खेल्यो तर गोल गर्न सकेन । खेलको ३० औँ मिनेटमा पुलिसकी निरु थापाको प्रहार गोलपोष्ट नजिकैबाट बाहिरिएको थियो । खेलको ४३ औँ मिनेटमा आर्मीकी रश्मी घिसिङले गोल गर्ने मौका गुमाइन् ।

यस्तै मध्यान्तरपछिको खेलको ८५ औँ मिनेटमा पुलिसकी रेखा पौडेलले गोलको प्रयास गरे पनि गोल गर्न विफल भइन् । गोलरहित बराबरी खेल्दै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् । पुलिसका मुख्य प्रशिक्षक सञ्जीव जोशीले आर्मीविरुद्धको खेलमा आफ्नो टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेको प्रतिक्रिया दिए । यस्तै आर्मीका मुख्य प्रशिक्षक राजु तामाङले खेल बराबरीमा टुङ्गिए पनि आफू सन्तुष्ट रहेको बताए । लामो समयपछि खेल्न पाएकामा उनले खुशी प्रकट गरे ।

आज बिहीबार लिगमा दुई खेल हुनेछन् । पहिलो खेल एपीएफ क्लब र चन्द्रपुर नगरपालिकाबीच तथा दोस्रो खेल विराटनगर महानगरपालिका र वालिङ नगरपालिकाबीच हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा हुनेछन् । पहिलोपटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा सात टोली सहभागी छन् । एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

महिला लिग पहिलोपटक राउण्ड रोबिनको आधारमा हुन लागेको हो । पाँचौँ संस्करणको महिला साफ च्याम्पियनसिप विराटनगरमा सफलतापूर्वक सम्पन्न गरेको एन्फाले कोरोनाकै कारण महिला लिगको आयोजना गर्न पाएको थिएन । यसपटकको महिला लिगमा सहभागी टोलीले चार विदेशी खेलाडीसमेत राख्न पाउने छन् ।

प्रतियोगिताको विजेता टोलीले रु १० लाख, दोस्रोले रु आठ लाख, तेस्रोले रु पाँच लाख तथा चौथो हुनेले रु तीन लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर तथा विधागत उत्कृष्ट खेलाडीले जनही रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस्

Flash News

सप्तकोसी नदी कटानले दर्जनौं बस्तीका चार हजार घरपरिवार उच्च जोखिममा अखिल र नेविसंघ स्ववियू निर्वाचनबाट भागेः पञ्चा सिंह ३ वर्षमा ५२ सुत्केरीको एयर लिफ्टिङमार्फत उद्धार, आगामी वर्ष ४५ लाख विनियोजन लुम्बिनी सरकारलाई अर्को चुनौती, अस्पताल विकास समितिलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश घुस रकमसहित अदालका कर्मचारी अख्तियारको फन्दामा लुम्बिनी प्रदेशमा २७८ मृगौला रोगी तथा १४७३ दमका विरामीलाई उपचारमा आर्थिक सहयाेग काँग्रेसमा संस्थापन इतरको बैठक आज पनि बस्ने यस्तो छ ३ दिनसम्ममको मौसमी आंकलन बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना : एकको मृत्यु, ४३ जना घाइते विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि लुम्बिनीको दाङमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते जुम्लामा जिल्ला स्तरीय कृषि मेला : चिनोदेखि भाँगोसम्म प्रदर्शनी अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना : एकको मृत्यु, ४३ जना घाइते दाङमा सिकलसेलको स्क्रिनीङ परिक्षण गाई-गोरु बाँध्ने गोठमै नवजात शिशुसहित सुत्केरीको बास ५ वर्षीया बालिका बलात्कृत, १६ वर्षीय किशोर पक्राउ धान दिवसमा रोपाइँसँगै विविध सांस्कृतिक कार्यक्रम लुम्बिनीका ६ जिल्लामा सिकलसेल एनिमियाका बिरामी, परीक्षणमै समस्या इस्माले दुना–टपरी उद्योग सञ्चालन गर्ने शेखर कोइरालाको भेलामा को को सहभागी ? (फोटोफिचर)