२३ असार २०७९, बिहीबार

Jul 7, 2022

काठमाण्डौं । चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएका खेलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब आ-आफ्नो खेलमा विजयी भएका छन् । आर्मीले प्रदेश नं १ लाई चार विकेटले तथा पुलिसले सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले पराजित गरेको हो ।

Advertisement

मूलपानी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबविरुद्धको खेलमा टस जितेर प्रदेश १ ले ब्याटिङ गर्दै ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १३१ रन बनायो । एक सय ३२ रनको विजय लक्ष्य आर्मीले २९ दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । आर्मीका लागि रोहितकुमार पौडेलले सर्वाधिक ३६ रनको योगदान दिए । यस्तै भीम सार्कीले २९, राजेश पुलामीले अविजित २४ तथा लोकेश बमले १३ रन बनाए ।

बलिङतर्फ प्रदेश १ का लागि फिर्दोस अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कँडेल र शुभाङ्कर उरावले एक एक विकेट लिए । यसअघि पहिला ब्याटिङ गर्ने क्रममा प्रदेश १ का लागि विवेक मेहताले ५० रनको अर्धशतकीय पारी खेलेका थिए । यस्तै फिर्दोस अन्सारीले ३२, दीपक पासवानले १९ तथा दिपेश कँडेलले ११ रन बनाएका थिए । बलिङतर्फ आर्मीका लागि शाहव आलम एक्लैले चार विकेट लिए । यस्तै आकाश चन्दले तीन विकेट लिए । जितसँगै आर्मी तीन खेलमा ६ अङ्कका साथ सेमिफाइनल नजिक पुगेको छ । तीन खेलमा हार बेहोरेको प्रदेश १ प्रतियोगिताबाट बाहिरिएको छ ।

यसैगरी कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा भएको अर्को खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम प्रदेशले ३३ दशमलव एक ओभरमा सवै विकेट गुमाउँदै ११० रन बनायो । एक सय ११ रनको विजय लक्ष्य पुलिसले १७ दशमलव एक ओभरमा एक विकेटको क्षतीमा पूरा गर्यो। पुलिसका लागि सुनील धमलाले ५७ तथा कुशल भुर्तेलले अविजीत ५१ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले एक विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गर्दै सुदूरपश्चिमका खड्क बोहोराले ४०, सञ्जु धाँमीले ३५, अरुण ऐरीले १३ तथा अर्जुन साउदले १० रन बनाए । बलिङतर्फ पुलिस क्लबका सागर ढकालल र दीपेन्द्रसिंह ऐरीले चार चार विकेट लिए ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा भोलिदेखि सुरु हुँदै प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड कपिलवस्तुमा करेन्ट लागेर २२ वर्षीय तेलीको मृत्यु प्रहरी समायोजन ऐन कार्यान्वयन नभए आन्दोलनमा उत्रिने ६ वटा प्रदेशको चेतावनी माओवादीको पोलिट्ब्यूरो १५६ सदस्यीय, ३१ वैकल्पिक सदस्य थप उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु मिस्टर एण्ड मिस नवलपरासीको उपाधि रवि र श्रुतिलाई लुम्बिनीको दाङमै उत्पादन हुन्छ डिएपी मल माओवादी पोलिटव्युरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित) नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन