२१ असार २०७९, मंगलवार

Jul 5, 2022

बुटवल । नगर खेलकूद विकास समितिले बुटवल उपमहानगर स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७७ फागुन ७ गतेबाट सञ्चालन गर्ने भएको छ । सामाजिक विकास डिभिजन कार्यालय भैरहवा रुपन्देहीले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता -२०७७ फागुन महिनाको दोस्रो हप्ता सञ्चालन गर्ने गरी स्थानीय तह सबैलाई राष्ट्रपति रनिङ्ग शिल्ड -२०७७ सम्पन्न गरी प्रतिवेदन पेश गर्न पत्राचार गरेको हुँदा बुटवल उपमहानगरपालिका अन्तरगतका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सहभागी गराउने गरी सञ्चालन गरीने बुटवल नगर खेलकूद विकास समितिका सदस्य एवं नवीन औद्योगिक कदर बहादुर रीता मा.वि का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताए।

बुटवल नगर खेलकुद विकास समिति बुटवलले राष्ट्रपति रनिङ्ग शिल्ड -२०७७ लाई लक्षित गरी बुटवल उपमहानगरका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा कार्यरत खेलकुद शिक्षक तथा प्रशिक्षकहरुलाई ६ दिने प्रशिक्षक प्रशिक्षण एवं आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता -२०७६ मा सहभागी बुटवल उपमहानगरपालिका अन्तरगतका खेलाडीहरु र प्रशिक्षकहरुलाई सम्मान कार्यक्रम पनि हालै सम्पन्न गरेको छ ।

प्रतियोगिता एन्फा टेक्नीकल सेन्टर देवीनगरमा फागुन ७ देखि १० गते सम्म सञ्चालन गरिने भएको छ । बुटवल नगर खेलकुद विकास समितिका संयोजक नन्द बहादुर काउचाको अध्यक्षतामा सदस्य सचिव कोपिला ज्ञवालीको सञ्चालनमा बैठक सम्पन्न भएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

आलुको बोरामा भेटियो करिब ८४ लाख अपहरणमा परेका तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार वैवाहिक नागरिकताको उल्झनमा नागरिकता विधेयक, अब विधेयक ल्याउने कि अध्यादेश ? नगरपालिकाको सार्वजनिक सुनुवाइमा जम्मा ३ जना सर्वसाधारणको सहभागिता ! नागरिकता विधेयक : पुरानो फिर्ता, नयाँ संशोधन विधेयक पेस गर्ने कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च