ताजा अपडेट »

डा: गोविन्द केसी काठमाडौंमा

शुक्रबार, ०४ माघ २०७५, ०१ : ३२
2 Shares


माघ ४ ,

काठमाडौं । इलाममा १० दिनदेखि अनशनरत डा: गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ । १६ औं अनसनका क्रममा  स्वास्थ्य स्थिति गम्भीर भएपछि उपचारको लागि उनलाई  शुक्रबार बिहान ३ बजे नेपाली सेनाको नाइटभिजन हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।

डा: केसीको मुटुको समस्यासहित स्वास्थ्य अवस्था कमजोर भएपछि काठमाडौं ल्याइएको उनका सहयोगी डा अभिशेकराज सिंहले बताए ।डा केसीलाई एम्बुलेन्स मार्फत इमालबाट भद्रपुर र त्यहाँबाट नाइटभिजन हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो ।

त्रिभुवन विमानस्थलबाट उनलाई एम्बुलेम्समा राखेर सिधै त्रिवि शिक्षण अस्पतालको आइसीयुमा लगेर उपचार थालिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।