२२ असार २०७९, बुधबार

Jul 6, 2022

गलकोट । बागलुङ जिल्लाको गलकोटमा चोरीका घटनामा वृद्धि भएका छन् । गलकोट नगरपालिकामा पछिल्लो केही दिनयता १८ घरमा तोडफोट तथा चोरी भएको छ ।

Advertisement

गलकोट नगरपालिका–१, २ र ५ का विभिन्न बस्तीका घरमा चोरी तथा तोडफोड भएको स्थानीयले बताएका छन् । शनिबार राति गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको घरसहित खिनाराम गैरे, नारायण गैरे, चित्रवन गैरे, मोतिलाल गैरे र ताराप्रसाद गैरेको घर तोडफोड भएको थियो भने त्यसको अघिल्लो दिन थान तथा भुङ्गानीमा चोरी भएको थियो ।

नगरप्रमुख गैरेको घरबाट १० हजार नगद, सुनको जन्तर र औँठीसमेत चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख प्रहरी निरीक्षक अर्जुन बम मल्लका अनुसार धेरैजासो खाली भएका घरमा तोडफोड र चोरी भएको हो ।

वडा–५ का रमेश थापाको घरबाट आइतबार राति ४० हजार चोरी भएको छ । राति कति बेला चोरी भयो भन्ने एकिन नभएको थापा बताए । घरको दोस्रो तलमा बसे पनि भूइतलामा चोरी भएकाले त्रासको अवस्था सिर्जना भएको उनले बताए ।

आइतबार राति नै वडा–५ कै हरिचौरस्थित गलकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहित आठ घरमा चोरी र तोडफोड भएको सहकारी संस्थाका अध्यक्ष गणेश खत्रीले जानकारी दिए । सहकारीको चाबी फोरेर भित्र पस्न खोजेको तर सटरको लक खोल्न नसकेपछि त्यहाँबाट भागेको सिसी क्यामेरको फुटेजमा देखिएको अध्यक्ष खत्रीले बताए ।

आइतबार राति एकदेखि दुई बजेको बीचमा तोडफोड गर्न थालेको अध्यक्ष खत्रीले बताए । सहकारीको सिसी टिभी फुटेजमा मुखमा माक्स लगाएको, फलामको डण्डी बोकेको एक जना व्यक्तिले तोडफोड गर्न खोजेकोे उनको भनाइ छ । खत्रीले प्रहरी चौकीकै नजिक दैनिकजसो चोरीका घटना बढ्नु सुरक्षा कमजोरी भएको गुनासो गरे ।

पछिल्लो समय दैनिकरुपमा भइरहेका तोडफोड र चोरी घटनाले सुरक्षामा केही प्रश्न र संशय स्वभाविकरुपमा उठेको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख मल्ल बताए । घटनाबारे प्रहरीले अनुसन्धान र सम्भावित तोडफोड र चोरीका घटना रोक्न नियमित गस्ती र निगरानीसमेत बढाएको प्रहरी निरीक्षक मल्लले बताए । बसाइसराईले खाली भएका घरमा तोडफोड र चोरी बढी भएकाले चोरीको विवरण सङ्कलनमा समस्या भएको प्रहरीको भनाइ हरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

भारत र कुवेतमा महिला बेचबिखन गर्ने कार्यमा संलग्न तीन जना पक्राउ प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न १० अर्ब खर्च हुने मंसिर २ मा एकै चरणमा प्रदेश र प्रतिनिधिसभाका निर्वाचन गर्न सिफारिस भात पकाउन नेपालीले वर्षेनी किन्छन् ५१ करोडभन्दा बढीको राइस कुकर मैले सीसीटिभीको फुटेज डिलिट गरेको छैन, यसको ज्ञान पनि छैन : शर्मा अर्थमन्त्री शर्माले दिए राजीनामा अर्थमन्त्री शर्माको भाषण एमालेद्वारा बहिस्कार बस दुर्घटना, पाँच जना घाइते अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म उनको कुरा सुन्दैनौं : भट्टराई यु-२० टिममा स्थान बनाउन डेनमार्कदेखि काठमाडौंसम्मकाे यात्रा अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन जोनसनलाई एकपछि अर्को झट्का, थप दुई मन्त्रीले दिए राजीनामा ४४ वर्षअघि लेखिएको मेसेज फेला परेपछि… असार २६ गते सार्वजनिक विदा चौधरी ग्रुपको स्पष्टीकरणः बजेट निमार्णमा हाम्रो कुनै संलग्नता छैन, छानबिन होस् वीरगञ्ज महानगरले घटायो सम्पत्ति करको दर माओवादी केन्द्रीय समिति बैठक स्थगित सर्वोच्चका दुई महत्वपूर्ण फैसला : वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो खेर गएको प्लास्टिकबाटै यसरी उत्पादन हुन्छ इन्धन अर्घाखाँचीको सिद्धाराकाे गाउँमा पहिलाेपटक बिजुली पुगेपछि…