२३ असार २०७९, बिहीबार

Jul 7, 2022

सप्तरी । स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले मङ्गलबार हुन लागेको बालविवाह रोकेको छ । बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई बालविवाह रोकेको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिए ।

Advertisement

रामपुर मल्हनिया प्रहरी चौकीको टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ की १५ वर्षीया बालिका, उनकी ४५ वर्षीया आमा, सोही ठाउँका ६७ वर्षीय रामेश्वर शर्मा सुतिहार र विवाहका लागि तयार पारिएका सप्तरीको तिरहुत गाउँपालिका–३ गोइठीका ४३ वर्षीय विनोद शर्मा सुतिहारलाई नियन्त्रणमा लिएर विवाह रोकेको हो ।

स्थानीयवासीका अनुसार १५ वर्षीया बालिका र ४३ वर्षीय पुरुषबीच विवाहका लागि रामेश्वरले छलफल चलाएका थिए । बालविवाहसम्बन्धी छलफल भइरहेको सूचनाका आधारमा प्रहरी चौकी रामपुर मल्हनियाबाट खटिएको प्रहरीले चार जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगेको वडाध्यक्ष यादवले बताए । बालिकाका बुवाले दोस्रो विवाह गरी परिवार छाडेर हिँडेपछि चार सन्तानलाई पालनपोषण गर्दै आएकी बालिकाकी आमाले गरिबीका कारण अनमेल तथा बालविवाह गराउन खोजेको वडाध्यक्ष यादवले बताए ।

जिल्ला प्रहरी कार्यालयस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा छलफलपश्चात आरोपितलाई बालविवाह नगराउने शर्तमा छाडिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहका अनुसार उमेर नपुगेकाले हाललाई सो विवाहलाई रोकेर बालविवाह नगर्ने शर्तमा छाडिएको छ ।

प्रहरी नायब उपरीक्षक साहका अनुसार विवाहका लागि छलफल गरिरहेको सूचना पाएर नियन्त्रणमा लिइएको चार जनालाई बालविवाहसम्बन्धी कानूनी जानकारी दिई सम्झाइबुझाई उमेर नपुगी विवाह नगर्ने, नगराउने कागज गराई छाडिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा भोलिदेखि सुरु हुँदै प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड कपिलवस्तुमा करेन्ट लागेर २२ वर्षीय तेलीको मृत्यु प्रहरी समायोजन ऐन कार्यान्वयन नभए आन्दोलनमा उत्रिने ६ वटा प्रदेशको चेतावनी माओवादीको पोलिट्ब्यूरो १५६ सदस्यीय, ३१ वैकल्पिक सदस्य थप उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु मिस्टर एण्ड मिस नवलपरासीको उपाधि रवि र श्रुतिलाई लुम्बिनीको दाङमै उत्पादन हुन्छ डिएपी मल माओवादी पोलिटव्युरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित) नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन