२१ असार २०७९, मंगलवार

Jul 5, 2022

डोल्पा । डोल्पामा सुत्केरी महिलालाई चिसोबाट जोगाउन ग्यास हिटरको जोहो गरिएको छ । जिल्ला अस्पताल डोल्पामा सुत्केरी गराउँदै आएका आमा, बच्चा तथा बिरामीलाई चिसोबाट जोगाउन ग्यास हिटरको जोहो गरिएको हो ।

Advertisement

तीन जना स्थानीय चिकित्सकले हिँउदको अत्याधिक चिसोका कारण सुत्केरी आमा, बच्चा तथा अन्य बिरामीको अवस्था जोखिममा रहेको भन्दै पाँच वटा ग्यास हिटर र १० वटा सिलिण्डर सहयोग गरेका हुन् । ललितपुरस्थित पाटन अस्पतामा कार्यरत डा अखण्ड उपाध्याय, जिल्ला अस्पताल डोल्पामा कार्यरत डा मेलिना हमाल र डामछिन्द्र बडूवालले ग्यास हिटर किन्नका लागि अभियान नै चलाएर सहयोग रकम उठाउनु भएको थियो ।

चिकित्सकहरुको अभियानलाई सफल बनाउन देश तथा विदेशमा रहेका विभिन्न सङ्घसंस्था र २९ जना व्यक्तिबाट कूल रु ९० हजार रकम उठाएर ग्यास हिटर र सिलिण्डर खरीद गरी जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको छ । दुनैमा विस्तारित विद्युत्को भोल्टेज न्यून भएकाले महिला सुत्केरी हुनुअघि र भइसकेपछि चिसोले सास्ती खेप्नु परेको छ ।

हिँउद्को कठ्याङ्ग्रिदो चिसोका कारण सुत्केरीपछि आमा र बच्चाको स्वास्थ्य अवस्था गम्भीर हुने अवस्था भएकाले अभियान नै चलाएर हिटरको जोहो गरिएको डा अखण्ड उपाध्यायले जानकारी दिए । सुत्केरी आमा, बच्चा तथा अन्य बिरामीको कष्टकर अवस्थाबाट प्रभावित भएकाले हिटर किन्ने अभियान चलाएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

Flash News

आलुको बोरामा भेटियो करिब ८४ लाख अपहरणमा परेका तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार वैवाहिक नागरिकताको उल्झनमा नागरिकता विधेयक, अब विधेयक ल्याउने कि अध्यादेश ? नगरपालिकाको सार्वजनिक सुनुवाइमा जम्मा ३ जना सर्वसाधारणको सहभागिता ! नागरिकता विधेयक : पुरानो फिर्ता, नयाँ संशोधन विधेयक पेस गर्ने कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च