ताजा अपडेट »

आजबाट काङ्ग्रेसको जागरण अभियान

बुधबार, २५ बैशाख २०७६, १३ : ३९
6 Shares

वैशाख २५,
काठमाण्डौं । नेपाली काङ्ग्रेसले बुधबारदेखि ‘हिमाल, पहाड, तराई मधेश, नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ शुरु गर्ने भएको छ । सबै जिल्ला, क्षेत्र, गाउँ नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुनेछ ।

तीन चरणमा हुने अभियानको प्रथम चरण यही वैशाख २५ गते प्रारम्भ भई आगामी जेठ २५ गते समापन हुनेछ । त्यस्तै दोस्रो चरण भदौ २४ गते (बिपी जयन्ती) दिन प्रारम्भ भई असोज ७ गते समापन हुने भने तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते (मेलमिलाप दिवस) समापन हुनेछ । प्रथम चरण ७७ जिल्लामा, दोस्रो चरण ३३० प्रदेश निर्वाचन क्षेत्रमा र तेस्रो चरण ७५३ स्थानीय तहमा हुनेछ कार्यक्रम तालिका छ ।

अभियानको प्रथम चरणको कार्यक्रमका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको जनाएको छ । काठमाडौँमा केन्द्रीय सभापति शेरबहादुर देउवाले एक समारोहबीच उद्घाटन गर्नेछन् । अन्य ७६ जिल्लामा पार्टी केन्द्रीय कार्यालयबाट जिम्मेवारी प्राप्त केन्द्रीय नेतृत्व वा प्रतिनिधिहरुले उद्घाटन गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।