१७ असार २०७९, शुक्रबार

Jul 1, 2022

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगो बालेर सुत्दा विभिन्न जिल्लामा मानवीय क्षति भएको भन्दै सचेत हुन सर्वसाधारणमा अनुरोध गरेको छ । प्राधिकरणले घरमा जाडो भयो भनेर झ्याल ढोका थुनेर आगो बाल्दा निसास्सिएर मानिसको ज्यान जान सक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेको छ । प्राधिकरणका प्रमुख अनिल पोखरेलले विभिन्न जिल्लमा आगो बालेर बस्दा वा सुत्दा कपडामा आगो सल्किएर घटना भएको जानकारी दिए ।

पछिल्लो पटक काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित खड्कागाउँका ८४ वर्षीय एक पुरुषको आगलागीबाट मृत्यु भएको छ । सोमबार कोठामा हिटर बालेर सुतेकोमा ओछ्यानमा आगो सल्किँदा उहाँको घटनास्थलमा नै मृत्यु भएको प्राधिकरणले आज एक सूचना जारी गरी जनाएको छ । यस्तै कैलालीको धनगढीस्थित भन्सार रोडमा एक महिला आगो ताप्ने क्रममा कपडामा आगो सल्किन गई घाइते भएको जनाइएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ लोकासिङस्थित एक गोठ र भान्सा घरमा अचानक आगलागी हुँदा गोठ पूर्णरुपमा नष्ट भएको र सो क्रममा झण्डै रु चार लाखको क्षति भएको जनाइएको छ ।

अछामको मेल्लेख गाउँपालिका–३ दर्बास्थित एक किराना पसलमा अचानक आगलागी हुँदा पसल, एउटा मेडिकल पसल र एक सिलाइकटाइको पसलमा समेत आगलागी भएको प्राधिकरणले आज जारी गरेको सूचनामा उल्लेख छ । गएको वैशाख यता एक हजार ५०० आगलागीका घटनामा ४९ जनाको मृत्यु भइसकेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सप्तकोसी नदी कटानले दर्जनौं बस्तीका चार हजार घरपरिवार उच्च जोखिममा अखिल र नेविसंघ स्ववियू निर्वाचनबाट भागेः पञ्चा सिंह ३ वर्षमा ५२ सुत्केरीको एयर लिफ्टिङमार्फत उद्धार, आगामी वर्ष ४५ लाख विनियोजन लुम्बिनी सरकारलाई अर्को चुनौती, अस्पताल विकास समितिलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश घुस रकमसहित अदालका कर्मचारी अख्तियारको फन्दामा लुम्बिनी प्रदेशमा २७८ मृगौला रोगी तथा १४७३ दमका विरामीलाई उपचारमा आर्थिक सहयाेग काँग्रेसमा संस्थापन इतरको बैठक आज पनि बस्ने यस्तो छ ३ दिनसम्ममको मौसमी आंकलन बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना : एकको मृत्यु, ४३ जना घाइते विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि लुम्बिनीको दाङमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते जुम्लामा जिल्ला स्तरीय कृषि मेला : चिनोदेखि भाँगोसम्म प्रदर्शनी अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना : एकको मृत्यु, ४३ जना घाइते दाङमा सिकलसेलको स्क्रिनीङ परिक्षण गाई-गोरु बाँध्ने गोठमै नवजात शिशुसहित सुत्केरीको बास ५ वर्षीया बालिका बलात्कृत, १६ वर्षीय किशोर पक्राउ धान दिवसमा रोपाइँसँगै विविध सांस्कृतिक कार्यक्रम लुम्बिनीका ६ जिल्लामा सिकलसेल एनिमियाका बिरामी, परीक्षणमै समस्या इस्माले दुना–टपरी उद्योग सञ्चालन गर्ने शेखर कोइरालाको भेलामा को को सहभागी ? (फोटोफिचर)