२१ असार २०७९, मंगलवार

Jul 5, 2022

खार्तूम । जातीय विवादका कारण तनावग्रस्त बनेको सुडानको डार्फर क्षेत्रलाई मङ्गलबार शान्त पारिएको सुडान सरकारले जनाएको छ । करिब तीनदिन चलेको जातीय हिंसाका कारण कम्तिमा १५५ व्यक्तिको मृत्यु भएको छ भने हजारौँ नागरिक विस्थापित बनेका छन् ।

Advertisement

डार्फरमा दशौं हजार नागरिक विवादपछि त्रासले विस्थापित भएको एक आदिवासी नेता तथा क्षेत्रीय अधिकारी मोहम्मद अबदल्ला अल डुमाले बताए । संयुक्त राष्ट्र संघ र अफ्रिकी संघले पठाएको शान्ति सेनाले उक्त स्थान छोडेको लगत्तै भएका घटनापछि उनीहरूले त्यस क्षेत्रमा थप रक्तपात हुने डर बढेको जनाएपछि राजधानी खार्तूमको संक्रमणकालीन सरकारले दुर्गम क्षेत्रमा राष्ट्रिय सेना पठाएको छ ।

पश्चिम डार्फरको राजधानी एल जेनिनामा शनिबार हिंसा भडकिएको र कम्तिमा १०० व्यक्तिको मृत्यु भएको राज्यका गभर्नर अब्दल्ला अल–डुमाले बताउनुभयो । घटनामा १३० भन्दा बढी घाइते भएका उनले बताए । पश्चिम डार्फरमा सुरक्षा स्थापनार्थ गर्न खार्तूम र अन्य राज्यहरूबाट सैनिकहरू त्यहाँ आउँदा राज्यव्यापी निषेधाज्ञा लगाइएको छ । उक्त क्षेत्रमा आइतवारदेखि कुनै झडप भएको छैन तर लुटपाटको घटना भएका बताइएको छ ।

विशेष गरी आन्तरिक रूपमा विस्थापितहरू रहेको केरिन्डिग शिविरमा बस्ने नागरिकका घर र खेतहरूमा आक्रमणकारी समूहहरूले लुटपाट मच्चाएको डुमाले एएफपीलाई बताए । एल जेनेइना र केरिन्डिग सहर र यसका वरिपरिका स्थानमा सुरक्षाकर्मी तैनाद गरिएको छ जसका कारण राज्यको अवस्था मङ्गलबार शान्त भएको छ । दक्षिण डारर्फरमा सोमबार फाल्लाता जातीय समूह र अरब रिजेगात जनजातिबीच भएको एक छुट्टै झडपमा कम्तिमा ५५ जना मारिएका र ३७ जना घाइते भएका छन् ।

आदिवासी नेता मोहम्मद सालेहले फोनमार्फत एएफपीसँग भने, “दक्षिण डार्फरको हाम्रो गाउँमा आज अवस्था शान्त छ । सेनाको अत्यधिक उपस्थितिपछि त्यहाँ झडपहरू भएका छैनन् ।” उनले थपे, “द्वन्द्वरत शक्तिहरूले शक्ति सञ्चय गरी पुनः हिंसात्मक झडप गर्नसक्ने भयले स्थानीय नागरिकहरू भने त्रसित छन् ।”

प्रतिकृया दिनुहोस्

Flash News

आलुको बोरामा भेटियो करिब ८४ लाख अपहरणमा परेका तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार वैवाहिक नागरिकताको उल्झनमा नागरिकता विधेयक, अब विधेयक ल्याउने कि अध्यादेश ? नगरपालिकाको सार्वजनिक सुनुवाइमा जम्मा ३ जना सर्वसाधारणको सहभागिता ! नागरिकता विधेयक : पुरानो फिर्ता, नयाँ संशोधन विधेयक पेस गर्ने कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च