२३ असार २०७९, बिहीबार

Jul 7, 2022

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा दिनप्रतिदिन चोरीका घटना बढ्न थालेका छन् । सदरमुकाम सिमकोटमा बजार गस्तीको आँखा छलेर दैनिक चोरी भएको गुनासो आउन थालेको छ ।

Advertisement

सिमकोट माथिल्लो बजार आसपास क्षेत्रमा दैनिक चोरी हुने गरेको यहाँका नागरिकले गुनासो गरेका छन् । बिहान र दिउँसोको समयमा समेत चोरी हुने गरेको छ । यस्तै होटल विजयबाट सोमबार बिहान जुम्ला जिल्ला घर भएका राष्ट्रिय समाचार समिति सिञ्जाका संवाददाता उपेन्द्र न्यौपानको रु ४१ हजार मूल्य बरारबको मोबाइल फोन चोरी भएको छ ।

होटलमा चार्जमा राखेको समयमा आफ्नो मोबाइल चोरी भएको उनले बताए । उनको बिहान चार्जमा राखिएको समयमा रेडमी टेन प्रो मोबाइल चोरी भएको हो । आफू प्रेस सङ्गठनको बैठकमा जानका लागि सिमकोट आएको र उक्त होटलमा चार्जमा राखेको समयमा चोरी भएको उनले बताए ।

यस्तै सिमकोट माथिल्लो बजारमा रहेको बैंक नजिकको एक घरबाट रु १८ हजार नगद चोरी भएको स्थानीयवासी कालीबहादुर बोहराले बताए । घरमा कोही नभएको मौका छोपेर रातिको समयमा चोरले घरको तालासमेत फोडेर रु १८ हजार नगदसहित अन्य सामान चोरी गरेको बोहराले बताए ।

यस क्षेत्रमा दैनिक लत्ताकपडा, जुत्तालगायतका सामग्री चोरी हुने गरेको स्थानीयवासी देउमा भण्डारीले बताए । सुरक्षा गस्तीले रातिको समयमा बजार गस्ती गरेको भने पनि दिउँसोको समयमा अत्यधिक चोरी हुने गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा भोलिदेखि सुरु हुँदै प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड कपिलवस्तुमा करेन्ट लागेर २२ वर्षीय तेलीको मृत्यु प्रहरी समायोजन ऐन कार्यान्वयन नभए आन्दोलनमा उत्रिने ६ वटा प्रदेशको चेतावनी माओवादीको पोलिट्ब्यूरो १५६ सदस्यीय, ३१ वैकल्पिक सदस्य थप उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु मिस्टर एण्ड मिस नवलपरासीको उपाधि रवि र श्रुतिलाई लुम्बिनीको दाङमै उत्पादन हुन्छ डिएपी मल माओवादी पोलिटव्युरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित) नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन