Jul 1, 2022
बुटवल । विहानैदेखिको बाक्लो कुहीरो र चिसोका काराण तराईको जनजीवन प्रभावित बनेको छ । चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
लुम्बिनी प्रदेशका रुपन्देही सहित कपिलवस्तु, दाङ, नवलपरासी लगायत तराईका जिल्लाहरुमा बाक्लो कुहिरो र हुस्सु लागेको हो ।
महाशाखाका अनुसार हिमपातको सम्भावनासहित आज देशका विभिन्न ठाउँको आकाशमा बादल लागेर राम्रोसँग घाम नलाग्ने र तापक्रम घट्ने भएको छ । अहिले प्रदेश १ को पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली छ । पहाडी क्षेत्रका केही ठाउँ र तराईका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ । आज दिउँसो पनि प्रदेश १, वाग्मती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अरु ठाउँमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।
यस्तै महाशाखाका अनुसार प्रदेश नं १ का पहाडी भूभागका एक वा दूई ठाउँमा पानी पर्ने र प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।
प्रतिकृया दिनुहोस्