ताजा अपडेट »

एएचएमा अध्ययनरत विद्यार्थीहरुद्वारा वासा वलेह औषाधीको उत्पादन

बुधबार, ०७ माघ २०७७, ०६ : ४१
14 Shares

बिजौरी । बिजौरीस्थित जनता विद्यापीठ क्याम्पस एएचएमा अध्ययनरत दोस्रो वर्षका विद्यार्थीहरुले वासा वलेह औषाधी उत्पादन गरेको एक कार्यक्रम गरी जानकारी गराएका छन् । जनता विद्यापीठका प्राचार्य योगराज शर्माको सभापतित्व तथा कार्यक्रम संयोजक डा. मनोज अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा औषधी कसरी बनाउने र के लागि प्रयोग गर्ने भन्ने बारेमा जानकारी गराइएको थियो ।

वासावलेह स्थानीय जडिबुटी असुरो, मह, घिउ, चिनी र पिपला लगायतको मिश्रण गरी दम, रक्तपित्त तथा रुघाखोकीको लागि उपयुक्त हुने गरेको डा. मनोज अधिकारीले बताए । औषधी थोरै देखिएता पनि यसमा धेरै जडिबुटीको मिश्रण गरिएको र धेरै समय लागेको उनले बताए । आयुर्वेदको पद्धतिअनुसार उत्पादन गरिएकोले २ वर्षसम्म प्रयोग गर्न सकिने दावी उनले गरे साथै क्याम्पसका प्राचार्य योगराज शर्माले आयुर्वेदमा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक विषय अन्तर्गतका यस्ता कार्यक्रमहरुमा जनता विद्यापीठ क्याम्पसले सहयोग गर्दै आएको बताए । साथै आगामी दिनहरुमा क्यम्पसले सहयोग गर्ने शर्माले बताए ।

आयुर्वेद उत्तरमध्यमा एएचए दोस्रो वर्षममा अध्ययनरत विदार्थीहरुले प्रयोगातमक विषय अन्तर्गत यस्ता औषधीहरु उत्पादन गर्दै आइरहेका छन् । आयुर्वेदको सञ्चालन भए्देखि नै विद्यार्थीहरुले च्यावनप्रास उत्पादन गरेका छन् । विद्यार्थीहरु व्यक्तिगत रुपमा लगानी गरेर पनि च्यावनप्रास बनाएका थिए । औषधी निर्माण विशेषज्ञ तथा केन्द्रीय आयुर्वेद बेलझुण्डीका प्रा.डा. सुनिल कुमारले सदैव विद्यार्थीहरुको पक्षमा रहेको बताए ।

विद्यार्थीहरुको तर्फबाट धनबहादुर केसीले बोलेका थिए भने विद्यार्थी, प्राध्यापक तथा पत्रकारहरुको सहभागिता रहेको उक्त कार्यक्रमको सहजीकरण किशोर कुमार पौडेलले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।