ताजा अपडेट »

बुटवलकी रञ्जु प्रथम,काठमाण्डौंकी पल्पसा द्धितीय

मंगलबार, ०६ माघ २०७७, २० : २९
20 Shares

बुटवल । साहित्यका माध्यमबाट महिला सशक्तीकरण तथा साहित्यमा महिलाको उपस्थितिलाई प्रवर्धन गर्नका निमित्त आयोजित सस्वर कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार सम्पन्न प्रतियोगितामा बुटवलकी रञ्जु गौतम घिमिरे प्रथम भएकी छन् । काठमाण्डौंकी पल्पसा काफ्ले द्वितीय भएकी छन् भने पाल्पाकी भावना खनाल तृतीय भएकी छन् ।

तीनजना मूल्याङ्कनकर्ताबाट यो मूल्याङ्कन भएको हो । मूल्याङ्कन समितिको निर्णय र सिफारिसमा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार तथा भर्चूअल प्रमाणपत्र उपलब्ध गराइनेछ । प्रश्रित प्रतिष्ठान नेपालका अध्यक्ष प्रा. डा. कपिलदेव लामिछानेको अध्यक्षतामा तथा सांसद सिन्धु जलेसाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रमा प्रथम सत्रको संचालन डा. नारायणप्रसाद पन्थ र दोस्रो सत्रको कार्यक्रम संचालन महासचिव डा. शालिकराम पौड्यालले गरेका थिए ।

उक्त कार्यक्रममा डा. नारायणप्रसाद पन्थ लिखित नेपाली उखान र टुक्काको समाजभाषिक विश्लेषण , शिक्षण विधि र प्रक्रिया नामक पुस्तक विमोचन भएको थियो । प्रतियोगितामा देशभरबाट १०० बढीको सहभागिता रहेको थियो भने ३० जना कविले प्रतिष्पर्धा गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।