१७ असार २०७९, शुक्रबार

Jul 1, 2022

बुटवल । तिनाउका युवाहरुका लागि आयोजित पार्टी प्रशिक्षण तथा नेतृत्व विकास तालिम नेकपाको पार्टी कार्यालय,बुटवलमा मंगलवार सम्पन्न भएको छ । उक्त कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एवम् पाल्पा इन्चार्ज तुलबहादुर अधिकारीले राष्ट्रिय युवा संघको स्थापना,आवश्यकता र सांगठनिक ढाँचा,योजना एवम् कार्यक्रमका बारेमा युवाहरुलाई प्रशिक्षण दिएका थिए ।

Advertisement

त्यसै गरी नेकपा पाल्पाका नेता तथा तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिमगरले वर्तमान राजनीतिक परिवेश,पार्टीमा देखिएको संकट र तिनाउको राजनीतिमा युवाहरुको स्थानका सन्दर्भमा जानकारी गराउँदै तिनाउका युवाहरुले पार्टीको वर्तमान अवस्थालाई उकास्न सक्ने विषयमा प्रशिक्षित गरेका थिए । उक्त कार्यक्रममा नेकपा,पाल्पाका सदस्य एवम् सामाजिक अभियन्ता दलबहादुर गुरुङले युवाहरुका लागि नेतृत्व विकास विषयमा अभिमुखीकरण गरेका थिए । उनले युवा,नेतृत्व,नेता, युवाहरुका समस्या र समाधानका लागि नेतृत्वले गर्नुपर्ने पहलका बारेमा जानकारी गराएका थिए ।

उक्त प्रशिक्षण कार्यक्रममा राष्ट्रिय सभामा नेकपाका प्रमुख सचेतक माननीय खिमलाल भट्टराईले वर्तमान प्रधानमन्त्री केपी ओलीले उठाएको कदमले कुनै हालतमा पनि असंवैधानिक नरहेको जिकिर गर्दै नेपालीहरुको मुहार फेर्न सक्ने र आगामी निर्वाचनमा भारी मतकासाथ ओलीको नेतृत्वलाई जिताउन युवाहरु कम्मर कसेर लाग्नु पर्नेमा जोड दिए ।

सोही प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य कुमार थापा मगरले युवाहरुलाई सिर्जनशील तरिकाले पार्टीको नीति,सिद्धान्त र विचारलाई अंगीकार गर्दै युवाहरुको काँधमा आएको गहन जिम्मेवारीलाई पूरा गर्न दत्तचित्त भई लाग्नु पर्नेमा जोड दिदैं युवाहरु भविष्यलाई बुझ्न सक्ने क्षमताका संवाहक समेत रहेको बताए ।

उक्त प्रशिक्षण कार्यक्रममा तिनाउका युवा नेता प्रेम श्रेष्ठ,विवेक सापकोटा एवम् विकास अर्यालले तिनाउमा आफूहरुको उपस्थिति विपक्षीहरुका निम्ति फलामको चिउरा सावित हुने बताउँदै राष्ट्रिय युवा संघले पाल्पामा माघ १० गते गर्ने युवा भेलाका निम्ति तिनाउबाट सक्दो धेरै युवाहरुलाई उपस्थि गराउने निर्णय समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

लण्डन लगानी सम्मेलनः सन् २०३० सम्म ५ अन्तर्राष्ट्रिय विमानस्थल, १५ हजार मेघावटा बिजुली व्यवसायिक रुपमा उत्कृष्ट कृषि पशुपालन गरेका ४३ किसान पुरस्कृत विद्युत प्राधिकरणको लापरबाही : करेन्ट लागेर बालिकाको हात गुम्यो सरकारविरुद्ध राप्रपाको मसाल जुलुस [तस्बिरहरू] नेप्सेमा सामान्य अंकले गिरावट कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम् : राष्ट्रपति भण्डारी टिकटक बनाउने क्रममा मोटरसाइकलले ठक्कर दिँदा एक बालिका घाइते महिला हिंसा नियन्त्रणका लागि विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग बुटवलमै छ मुलुकको ठूलो जर्मन प्रविधिको विद्युत उद्योग रविको पार्टी निर्वाचन आयोगमा दर्ता चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते भारतमा संक्रमण बढ्दा पनि छैन् सीमानाकामा कडाई रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय भएको छैन : आयोग पाल्पामा टिपर दुर्घटना, १ जना घाइते भुवन केसीलाई बोर्ड अध्यक्ष बन्न उमेर र शैक्षिक योग्यता बाधक बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै ‘दूरसञ्चार पूर्वाधारमा दोहोरो लगानीले उपभोक्तालाई आर्थिक बोझ’ नबिल बैंकमा सीईओको कार्यभार ढुंगानाले सम्हाले पाँच वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ पोखरा महानगरले तोक्यो खुर्सानीदेखि धानसम्मको बिक्री मूल्य