२१ असार २०७९, मंगलवार

Jul 5, 2022

बुटवल । होटल तथा पर्यटन व्यवसायीका समस्या र समाधानका विषयमा बुटवलमा सरोकारवाला निकायका प्रतिनिधिहरुसंग छलफल गरिएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजना,, नेपाल पर्यटन बोर्ड लुम्बिनी प्रदेशका प्रमुख, नाटाका लुम्बिनी प्रदेश अध्यक्ष र पर्यटन व्यवसायीहरुको सहभागितामा मंगलबार बुटवलमा छलफल भएको हो ।

Advertisement

सोही छलफल तथा अन्तरक्रियामा बोल्ने होटल तथा पर्यटन व्यवसायीले कोरोनाका कारण पीडित भएका व्यवसायीलाई सरकारले उपलब्ध गराउने भनेकोे पुर्नकर्जाबाट बन्चित हुनु परेको गुनासो गरेका छन् । पहुंचमा रहेकाले मात्र सरकारी सेवासुविधा ल्याएको र सर्वसाधारण स्वरोजगार व्यवसायीको पहुंच नहुँदा बन्चित हुनुपरेको गुनासो गरको थिए । कोराना भाइरसका कारण पर्यटन व्यवसायीले घरवाहल र बैंकको व्याजसमेत तिर्न नसक्ने अवस्थामा पुगेको बताएका थिए ।

पर्यटन व्यवसायी राज्यको पहुंचमा नभएको गुनासो गर्दै आन्तरिक पर्यटन प्रवद्र्वन र विकासका लागि गम्भिर बन्न राज्यसंग माग गरेका छन । राज्य सकरात्मक भएमा होटल तथा पर्यटन व्यवसायीका समस्या निराकरण हुनै बताउंदै उनीहरुले उज्यालो शहरको रुपमा विकास गर्न माग गरेका छन् । कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका लुम्बिनी प्रदेशका प्रमुख लिलाबहादुर बानियाले आन्तरिक रुपमा पर्यटनलाई व्यवस्थापन गर्न सकिएमा राज्यलाई फाइदा हुने र पर्यटन व्यवसायीको व्यवसायमा सुधार आउने बताए ।

उनले पर्यटन क्षेत्रको विकासका लागि विकेन्द्रिकण हुनुपर्ने र पर्यटन प्रवद्र्वनमा लगानी बढाउनु पर्नेमा जोड दिए। उनले यस क्षेत्रको पर्यटनलाई विकास र व्यवस्थितका लागि आगामी असोजदेखि नेपाल पर्यटन बोर्डको लुम्बिनी प्रदेश कार्यालय स्थापना गरिने जानकारी गराए। संस्कृति तथा पर्यटन मन्त्रालयमा रहेको ३० करोड वजेट यसै क्षेत्रको पर्यटनको विकासका लागि ल्याउनका लागि पहल भैरहेकोसमेत उनले जानकारी गराए।

नाटाका लुम्बिनी प्रदेश अध्यक्ष सागर अधिकारीले पर्यटन व्यवसायीका समस्याप्रति राज्यसंग पहल गरेर व्यवसायीलाई सेवासुविधा उपलब्ध गराउने प्रतिवद्वता जनाए । कोरोनाका कारण नेपाल– भारतको सीमा पूर्णरुपमा सुचारु नहुदाँ पर्यटन व्यवसायी मारमा परेको बताउँदै आन्तरिक पर्यटनमा ध्यान दिनुपर्नेमा जोड दिए । होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले रुपन्देहीमा आउने आन्तरिक र बाह्य पर्यटकलाई बसाल्न सक्ने गरी व्यवसायलाई स्तरवृद्धिगर्न माग गरे ।

होटल तथा रेष्टेरेण्ट व्यवसायी संघ रुपन्देही अध्यक्ष समुन्द्र जिसीले पर्यटन व्यवसाय सेवामूलक व्यवसाय भएकाले रातिमा पनि व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने बताए। कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, प्रदेश सदस्य रामप्रसाद गौतम, संघका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ, प्रथम उपाध्यक्ष बावुराम गौतम द्वितिय उपाध्यक्ष रोमाकान्त पाण्डे, महासचिव माधवकुमार खनाल, सचिव मोहन पाण्डे, खुमानन्द गिरी प्रेस सल्लाहकार यमलाल भुसाल लगायतले पर्यटन व्यवसायीको संरक्षण र लगानी सुरक्षाका लागि सरकारले आन्तरिक पर्यटक विस्तार गर्ने योजना ल्याउन माग गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक : पुरानो फिर्ता, नयाँ संशोधन विधेयक पेस गर्ने कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो छुट्टाछुट्टै स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ