ताजा अपडेट »

कांग्रेसको अवरोधबीच वार्षिक नीति तथा कार्यक्रम पारित

मंगलबार, २४ बैशाख २०७६, १६ : १५
12 Shares

वैशाख २४,
काठमाण्डौ । कांग्रेसको अवरोधका बीच संघीय संसद् प्रतिनिधिसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । ध्वनि मतका आधारमा नीति तथा कार्यक्रम पारित भएको सभामुख कृष्णबहादुर महराले घोषणा गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोस, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि संसदमा हंगामा भएको थियाे ।

प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरुले संसद अवरोध गरेका थियाे । कांग्रेसका सांसद मीनबहादुर विकले ध्यानाकर्षण गराउँदा सभामुखले ध्यान नदिएको भन्दै कांग्रेस सांसदहरुले सदन अवरोधको प्रयास गरेका थिए । कांग्रेसका सांसदहरुले उठेर विरोध जनाइरहेकै समयमा सभामुख महराले नीति तथा कार्यक्रमको प्रक्रिया अगाडि बढाएका थिए । संशोधन प्रस्ताव फिर्ता लिन सभामुखले आग्रह गरेपछि कांग्रेसका सांसद मिनेन्द्र रिजालले संसदको गरिमा कायम गर्न नसकेको भन्दै आलोचना गरे । उनले एउटा व्यक्तिका लागि नागरिक झुक्नुपर्ने, संसद झुक्नुपर्ने अवस्था आउन नहुने बताए । सदन अवरोधको प्रयासपछि प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘प्रश्नको जवाफ चाहियो कि चाहिएन ? मर्यादित ढंगको व्यवहार प्रयोग गर्नुस् ।’

प्रधानमन्त्री ओलीले काँग्रेसका सांसदहरुले अपशब्द बोलेको भन्दै रेकर्ड सुनाउन सभामुखलाई आग्रह गरे । प्रधानमन्त्रीले रोष्टममा बोलिरेका बेला प्रधानमन्त्रीको जवाफ चित्त नबुझेपछि काँग्रेसका सबै सांसदहरु आ–आफ्नो सिटबाट उठेर आफ्ना प्रश्नको स्पष्ट जवाफ माग गरेका थिए ।सभामुख महाराले पटक–पटक आफ्नो सिटमा बस्न कांग्रेसका सांसदहरुलाई आग्रह गरेपनि उनीहरुले विरोध गरिरहे । सभामुख महराले प्रधानमन्त्रीलाई अघि बढ्न आग्रह उनले संसदमा अपशब्द बोल्ने भन्दै प्रश्न गरे । उता काँग्रेस सांसदहरुले पनि रेकर्ड सुनाउन सभामुखलाई आग्रह गरे । काँग्रेस सांसदहरुका नाराबाजीकाबीच प्रधानमन्त्री केपी ओलीले द्धन्द्धकालीन घटना समाधानका लागि सरकारले काम गरिरहेको बताएर आफ्नो जवाफ सकिएको बताएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।