ताजा अपडेट »

पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प...

मंगलबार, २४ बैशाख २०७६, १५ : ४९
2 Shares

वैशाख २४,

वासिङटन । पपुवा न्यु गिनीमा सोमबार ७.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ ।

स्थानीय समयानुसार सोमबार राति ९ः१९ मा बुलोलोबाट करिब ३३ किलोमिटर टाढा उत्तरपश्चिममा रहेको क्षेत्रको १ सय २७ किलोमिटर गहिराईमा भूकम्पको केन्द्र रहेको युएसजिएसले जनाएको छ । युएसजिएसका अनुसार राजधानी पोर्ट मोरेसबाइमा पनि महसूस गरिएको छ । यस भूकम्पपछि धनजनको क्षति सम्बन्धी कुनै पनि समाचार प्राप्त भएको छैन । यस भूकम्पपछि सुनामीको कुनै सूचना पनि जारी गरिएको छैन । पपुवा न्यु गिनीमा केही समयकै अन्तरालमा यो दोस्रो शक्तिशाली भूकम्प आएको हो । -रासस/एएनआइ 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।