दाङ । एउटा अधुरो सन्तानले जिवन पाइरहँदा तुलसीपुर उपमहानगरपालिका–१५ लुहाडवराकी रेशा रावत अत्यन्तै खुसी छिन् । याद गुमाएको आफ्नै शिशुलाई उनले दुध निचोरेर पाइपवाट खुवाएर बचाउने प्रयासमा छिन् । खुशी म आज हिजो भन्दा धेरै … । अर्थात अब मैले जन्म दिएको शिशुलाई जसरी पनि बचाउँछु । ‘हिजो एनआइसियुमा थियो, आज मेरो काखमा आएको छ, मेरै दुध चिनोरेर चम्चाबाट खुवाइरहेकी छु’, तुलसी बाल अस्पतालमा उपचाररत शिशुको स्याहर गर्दै उनले पत्रकार माझ भनिन् ।
अन्य रोगको जाँच गराउन घोराहीको गोरखा अस्पतालमा पुग्दा उनलाइ सुत्केरी व्यथाले च्याप्यो । महिना नपुगेको शिशुको जन्म भयो । सामान्यतया ९ महिनामा जन्मनुपर्ने बच्चा ६ महिनामै सोहि अस्पतालमा जन्मियो । तौल निकै कम थियो । अनि गोरखा अस्पतालले बच्चालाई तत्काल तुलसी बाल अस्पतालमा लैजान रिफर गर्यो । कारण बच्चाले आमाको दुध चुस्ने कल्पना गर्न पनि सकिने अवस्था थिएन । जन्मदा बच्चाको तौल ८ सय ग्राम मात्र थियो । तर तुलसीपुर वाल अस्पतालमा ल्याएपछि बच्चालाइ एनआइसियुमा राखियो, धेरै एन्टिवायोटिक्स, रगत र अन्य भिटामिन पनि दिइयो, अनि अहिले बच्चा आशावादी रुपमा विकाश भैरहेको छ । आमाको काखमा बस्न लायक भएको छ । तौल बढेर साढे दुइ केजी भएको छ ।
‘म अस्पतालका चिकित्सक, नर्स र सवै स्टाफहरुप्रति आभारी छु, उहांँहरुको सहयोगलाई मैले सव्दमा व्यक्त गर्नै सक्दिन’-आमा रेशाले भनिन्, अब म दुइ सन्तानकि आमा बनेकी छु, पहिले छोरी र अहिले छोरा हुर्काउँंदै छु । उनले अस्पतालका सवै स्वास्थ्यकर्मी र व्यवस्थापकिय टिमलाई धन्यवाद दिइन् । उनको सानो सन्तानले अक्सिजन लिइरहेको थियो । किनकी अझै पनि बच्चा परीपक्क भएको छैन । धेरै संक्रमणका खतरा हुन सक्छन् भनेर चिकित्सकहरुले सुझाइरहेको पनि उनले बताइन् ।
यो सायदै दुर्लभ केश हो । बच्चाका लागि एनआइसियु नभएको भए यति सानो तौलको बच्चा बांच्ने कुनै आधार हुने थिएन । तर तुलसीपुरमा खुलेका तुलसी वाल अस्पतालले एउटा अदितिय काम गरेको अभिभावक सन्तोषले बताएका छन् । अस्पतालका सञ्चालक डा किशोर खत्री आफु पनि बिरामी बच्चालाई कसरी बचाउन सकिन्छ भनेर विभिन्न मेडिकल अभ्यास गरीरहेको बताए । सकेसम्म नवजात शिशुलाई कसरी बचाउन सकिन्छ भनेर धेरै आधुनिक उपकरण र औषधि व्यवस्थापनसहित आवश्यक परेको अवस्थामा अन्यत्रलगेर पनि निको पार्ने अभियानमा आफु रहेको उनको अभिव्यक्ति थियो ।
‘प्राक्टिस मेक्स मेन पर्फेक्ट, त्यसै अभियानमा आधुनिक स्वास्थ्य विज्ञानलाइ पछ्याउंदै विरामी वच्चाहरुको उपचारमा लागीरहेका छौं, अहिलेको घटनाले हामीलाइ पनि उत्साहित बनाएको छ’, सोहि बच्चा बचाउन सफल भएको सन्दर्भमा अस्पतालका सन्चालक डा खत्रीले गोरक्षलाइ भने । बच्चा जन्मिने समय तीन महिनापछि थियो, तर विभिन्न समस्याले चाडै जन्मियो, त्यो बच्चालाइ बचाउनुपनि हामीलाइ एउटा चुनौति थियो, त्यसैले गोरखा अस्पतालमा जन्मिएको सायद यति सानो तौल र यति चांडै समयमा बच्चा बचेको अवस्था दुर्लभै हो । उनले यसलाइ मेडिकल साइन्सको भाषमा एक्सट्रम्ली प्रिमेचुअर वेव भनेका छन् । यो विरलै हुने अवस्था हो ।
मुलुक नयांँ अभ्याससंगै हरेक हेल्थपोष्टमा चौविसै घण्टे सुत्केरी सेवा, सवै संस्थामा मात्रिशिशु स्याहार कार्याक्रम, आमा सुरक्षा कार्यक्रम लगायतका लोकपृय कार्यक्रम लागु गरेपनि सरकारी निकायमा दाङ जिल्लाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा तुलसीपुरको प्रादेशिक अस्पतालमा समेत बचाको उपचारका लागी सघन कक्ष निर्माण हुन सकेको छैन । नवजात शिशुका उपचारका लागी एनआइसियु उपचार कक्ष नहँुदा धेरै आमाहरु सकेसम्म बच्चा जन्माउन यहां चाहंदैनन्, र चिकित्सकले पनि हतपति त्यो रिस्क लिन चाहेको अवस्था छैन ।
त्यसैले नेपाल सरकारले जतिसुकै नारा दिएपनि आमाहरुले बच्चाको पनि सुरक्षाको ग्यारेन्टी भएको स्थानमा बच्चा जन्माउन जाने गरेका छन् । यसलाई तुलसीपुर वाल अस्पतालले मात्रे थेग्ने अवस्था नरहेको पनि अभिभावकहरुको गुनासो रहेको छ ।
प्रतिक्रिया