ताजा अपडेट »

रोल्पामा गोली लागेर एक महिला गम्भीर घाइते

मंगलबार, ०६ माघ २०७७, १५ : २७
4 Shares

दाङ । रोल्पामा गोली लागेर महिला गम्भिर घाईते भएकी छिन् । घाईते हुनेमा रोल्पा नगरपालिकामा वडा नम्बर ९ फाल्जाकी ४५ वर्षीया बरु पुन रहेको जिल्ला प्रहरी प्रमुख एवं डिएसपी नरेशराज सुवेदीले जानकारी दिएका छन् । सोमबार बेलुकी वनबाट घाँसको भारी बोकेर घर फर्किंदै गरेकी पुनमाथी गोली प्रहार भएको हो ।

बनबाट घाँसको भारीसहित घर फर्किदै गरेकी पुनलाई हरिण ठानेर स्थानिय ३७ वर्षीय हस्तबहादुर पुनले गोली हानेका थिए । उनको टाउकोमा गोली लागेको छ । घाईते पुनलाई जिल्ला अस्पताल रेउघामा सामान्य उपचारपछि थप उपचारका लागि सोमवार राती नै भैरहवा मेडिकल कलेजमा रेफर गरिएको डिएसपी सुवेदीले जानकारी दिएका छन् । उनको अवस्था चिन्ताजनक रहेको छ ।
गोली हान्ने पुनलाई प्रहरीले मंगलबार बिहान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका पुनले आफ्नो बारीमा हरिणले गहुँबाली खाएर सताएकोले हरिण मार्न भन्दै पासो थापेको र सोहि ठाउँमा आफु बसीरहेको बेला बेलुकी पख हरिण ठानेर बन्दुकको गोली चलाएको प्रहरी सामु बयान दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।