२२ असार २०७९, बुधबार

Jul 6, 2022

बुटवल । हाम्रो संस्कृति, हाम्रो संस्कार जोगाउने हाम्रो अभियान भन्ने मुल नाराका साथ दिपक थापा माईथाने मगरको मौलिक कौराहा गित “ए साँइली” कभर भिडियो प्रतियोगिता–२०७७ समापन समारोह तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बिलन इन्टरटेनमेन्ट प्रा।लि। र माइथाने इन्टरटेनमेन्ट प्रा.लि. को आयोजनामा भएको कार्यक्रम आइतबार बुटवल ईट्टाभट्टी स्थित एसियन पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

Advertisement

चमेली थापाको अध्यक्षता एवं लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कभर भिडियो प्रतियोगितामा सहभागी भइ प्रथम, द्वितीय, तृतीय र चौथो हुने समूह तथा अभिनय गर्ने प्रतिस्पर्धी कलाकारहरुलाई पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि घर्तीले मगर जातिको संस्कार र संस्कृति मगरहरुको मात्र नभई राष्ट्र कै पहिचान भएकोले जोगाउन सबै लागी पर्नुपर्ने र यसमा आफुले पनि आफ्नो ठाउँबाट पहल र प्रयास गर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल मगर संघ केन्द्रीय उपाध्यक्ष दल बहादुर बिरकट्टा मगर, अतिथि गिता सारु, तुल सारुले पनि बिदेशी संस्कृति मौलाइरहेको यो समयमा आफ्नो संस्कार र संस्कृती जोगिए मात्र आफ्नो पहिचान बाँच्ने र भावी पुस्ताहरुमा हस्तान्तरण गर्न आवश्यक रहेको कुरामा जोड दिए ।

प्रतियोगितामा रूपन्देही मात्रै नभएर कपिलवस्तु, स्याङ्जा, तनहुँ, पाल्पा, चितवन जिल्लाका समेत प्रतिस्पर्धी कलाकारहरूले भाग लिएका थिए । कार्यक्रमको सन्चालन गायक तथा सन्चारकर्मी दिपु मगरले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

भारत र कुवेतमा महिला बेचबिखन गर्ने कार्यमा संलग्न तीन जना पक्राउ प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न १० अर्ब खर्च हुने मंसिर २ मा एकै चरणमा प्रदेश र प्रतिनिधिसभाका निर्वाचन गर्न सिफारिस भात पकाउन नेपालीले वर्षेनी किन्छन् ५१ करोडभन्दा बढीको राइस कुकर मैले सीसीटिभीको फुटेज डिलिट गरेको छैन, यसको ज्ञान पनि छैन : शर्मा अर्थमन्त्री शर्माले दिए राजीनामा अर्थमन्त्री शर्माको भाषण एमालेद्वारा बहिस्कार बस दुर्घटना, पाँच जना घाइते अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म उनको कुरा सुन्दैनौं : भट्टराई यु-२० टिममा स्थान बनाउन डेनमार्कदेखि काठमाडौंसम्मकाे यात्रा अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन जोनसनलाई एकपछि अर्को झट्का, थप दुई मन्त्रीले दिए राजीनामा ४४ वर्षअघि लेखिएको मेसेज फेला परेपछि… असार २६ गते सार्वजनिक विदा चौधरी ग्रुपको स्पष्टीकरणः बजेट निमार्णमा हाम्रो कुनै संलग्नता छैन, छानबिन होस् वीरगञ्ज महानगरले घटायो सम्पत्ति करको दर माओवादी केन्द्रीय समिति बैठक स्थगित सर्वोच्चका दुई महत्वपूर्ण फैसला : वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो खेर गएको प्लास्टिकबाटै यसरी उत्पादन हुन्छ इन्धन अर्घाखाँचीको सिद्धाराकाे गाउँमा पहिलाेपटक बिजुली पुगेपछि…