२० माघ २०७९, शुक्रबार

Feb 3, 2023

वैशाख २४,

Advertisement

सिन्धुली । तपाइँ फेसबुकमा बनेका साथिलाई कत्तिको विश्वास गर्नुहुन्छ ? तर झट्ट र भरपर्दो विश्वास चाहिँ गरिनहाल्नु है, सिन्धुलीमा यस्तै फेसबुकमा बनेका साथीले मासिक ४० हजार रुपैयाँको जागिर लगाइदिने भन्दै १११ जना युवायुवतीलाई नराम्ररी ठगेर बेपत्ता भएका छन् ।

सिन्धुली जिल्लाकै गोलान्जोर गाँउपालिका–४, तीनकन्याका कुमार भन्ने एकेन्द्र मगर, हेमराज गुरुङ, पाथीभरा आयुर्वेद हस्पिटल, सिनामंगल काठमाण्डौका बीपी तिमल्सिना र सिन्धुपाल्चोक घर बताउने गोपाल भण्डारीले जागिर लगाइदिने नाममा ठगी गरेको भन्दै पीडितहरुले कारबाहीको माग गरी प्रहरीमा उजुरी गरेका छन् । फेसबुककाे साथीबाट ठगिनुभएकी तीनपाटन गाउँपालिका–५ की २१ वर्षीया कुसुम कार्की भन्नुहुन्छ, ‘फेसबुकमा साथी बनेका एकेन्द्रले जागिरका लागि फर्म भर्न लगाए । मैले एकेन्द्रले भने अनुसार नै छ हजार सात सय रुपैयाँ तिरेर फर्म भरेँ र तीन दिने तालिम लिएर गाँउमा गएर दुई महिना काम गरे । तर तलब दिने अत्तोपत्तो भएन, उल्टै एकेन्द्र सम्पर्कविहीन भए । लामो समयसम्म एकेन्द्र सम्पर्कविहीन भएपछि बल्ल आफू ठगिएको थाहा भयो ।’

मासिक ३० हजार तलब र १० हजार फिल्ड भत्ता गरी ४० हजारको जागिर लगाइदिने भन्दै उनीहरुले १११ जनासँग प्रति व्यक्ति ६ हजार सात सय रुपैयाँ उठाएर बेपत्ता भएका पीडित कुसुमले जानकारी दिनुभयो । उनीहरुले फर्म भरेका सबैलाई काठमाण्डौमा बोलाएर गएकाे पुस २५,२६ र २७ गते सीटीईभीटीको प्रमाणपत्र तीन महिनापछि आउँछ भन्दै तालिम दिएका थिए । त्यसपछि माघ १६ गतेदेखि सिन्धुलीका सबै गाँउपालिकाका वडामा खटाएर दुई महिनासम्म स्वास्थ्य सम्बन्धी तथ्यांक संकलनको काम लगाएको भए पनि कसैले अहिलेसम्म तलब नपाएको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, ‘दुई महिनासम्म फिल्डमै बसेर काम गरेको तलब पाउनु त कता हो कता ! प्रमाणपत्र पनि पाइएन, बरु काम लगाउने नै अहिले बेपत्ता छन् ।’

जिल्ला प्रहरी कार्यालयका अनुसार नेटवर्क बनाएर ठगी गर्नेमध्ये हेमराज गुरुङलाई प्रहरीले पक्राउ गरी कारबाही प्रकृया अघि बढाएको छ भने अन्य फरार छन् । पीडितकाे उजुरीका आधारमा प्रहरीकाे अनुसन्धानपछि जिल्ला तथा गाँउमै रोजगारी दिने भन्दै जिल्लाका १११ जना युवायुवतीहरुलाई ठगेको खुलेको छ । राम्रो तलब र सुविधासहितको जागिर हुने भन्दै फेसबुकबाट नेटवर्क बनाएर उनीहरुलाई ग्रीन क्लब नेपाल संस्थाको नामबाट ठगेको खुलेको  हो ।प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले ठगी गर्नेमध्ये एक जनालाई पक्राउ गरी ठगी मुद्धा अदालतमा चलाई कारबाही प्रकृयाअघि बढाएको जानकारी दिनुभयो । ‘ठगी गर्ने चार जनामात्र नभइ अरु पनि हुन सक्छन,’ उहाँले भन्नुभयो, ‘त्यस सम्बन्धमा अनुसन्धान र खोजी भइरहेको छ । -बाबुराम देवकोटा

प्रतिकृया दिनुहोस्

Flash News

क्रिकेटर सन्दिप विरुद्धको पुनरावेदनमा आज सुनुवाई हुँदै एभरेष्ट बैंक र सिद्धार्थनगर सिटी अस्पताल बीच सम्झौता रास्वपाको २ दिने अल्टिमेटम, गृहमन्त्री नपाए सरकारबाट बाहिरिने आगजनी मुद्दामा पक्राउ परेका अरुणकुमारलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम रवि लामिछाने बारे! मिलीजुलीले तिनाउमा दियो सहकारी शिक्षा नेपाल प्रहरीमा ९५ जना एसपीको सरुवा रास्वपाले समर्थन फिर्ता लिँदैन, सत्ता समीकरण यथावत रहन्छ : प्रधानमन्त्री चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित दुई जना पक्राउ एक बालिका र युवतीलाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ रविलाई फेरि गृहमन्त्री बनाउनुपर्ने माग गर्दै जुम्लामा एक जनाले गरे आत्मदाह प्रयास सेयर बजार २२.१२ अंकले घट्याे बालविवाह राेक्न मर्चवारीमा बिमा कार्यक्रम सांसद अरुणकुमार चौधरी पक्राउ कालिन्चोक दर्शनको आईपीओ बाँडफाँट रारा आउने पर्यटक चालिस प्रतिशतले घटे रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान एकीकृत समाजवादीको बैठकमा घनश्याम भुसाल तिलोत्तमाको भूपु सैनिक आधारभुत विद्यालयमा चित्रकला प्रतियोगिता मेरो मौनता आजसम्मका लागि मात्रै हो, म अभिमन्यु होइन : रवि लामिछाने