२१ असार २०७९, मंगलवार

Jul 5, 2022

नयाँदिल्ली । भारतको गुजरात राज्य अन्तर्गत पर्ने सुरतको कासाम्बा क्षेत्रमा भएको ट्रक दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएकाको परिवारलाई २ लाख भारतीय रुपैयाँको दरले राहत दिने प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा समेत गरेका छन् ।

मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै उनले शोक सन्तप्त परिवारजनप्रति सहानुभूति समेत व्यक्त गरेका छन् । मृतकका आफन्तलाई प्रधानमन्त्री राष्ट्रिय सहायता कोषबाट सो रकम दिइने भएको अधिकारीहरुले जानकारी दिएका छन् । “सुरतमा भएको दुर्घटनामा परी मानवीय क्षति भएकोमा मलाई अत्यन्त दुःख लागेको छ, यो घटना ज्यादै पीडादायी छ, शोकाकुल परिवारजनप्रति सहानुभूति व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु,” प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन् ।

उनले घाइते भएकाहरुलाई पनि ५० हजार भारतीय रुपैयाँका दरले राहत रकम उपलब्ध गराइने अर्को ट्वीट मार्फत् जानकारी दिएका छन् । सुरतको कोसम्बामा सोमबार राति एउटा ट्रकले ठक्कर दिँदा मृत्यु भएका १५ जना मध्ये सात जना महिला, सात जना पुरुष र एक जना एक वर्षीय शिशु रहेको अधिकारीहरुले जनाएका छन् । घाइते भएका ६ जनाको अस्पतालमा उपचार भइरहेको स्थानीय प्रहरीको भनाई छ ।-एएनआई

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

वैवाहिक नागरिकताको उल्झनमा नागरिकता विधेयक, अब विधेयक ल्याउने कि अध्यादेश ? नगरपालिकाको सार्वजनिक सुनुवाइमा जम्मा ३ जना सर्वसाधारणको सहभागिता ! नागरिकता विधेयक : पुरानो फिर्ता, नयाँ संशोधन विधेयक पेस गर्ने कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो