२३ असार २०७९, बिहीबार

Jul 7, 2022

फाइल तस्विर

Advertisement


बनेपा। चौरीदेउराली गाउँपालिका–३ माझिफेदाका ७५ वर्षीय साइलीमाया तामाङले घर नजीकै रहेको वडा कार्यालयमा सोमबार पहिलोपटक बैंक खाता खोलीन् ।

ज्येष्ठ नागरिक र अशक्तहरुको सामाजिक सुरक्षा भत्ता वितरणका लागि सरकारले बैंक खाता खोल्न अनिवार्य बनाएपछि जिल्लाको कोशीपारि क्षेत्रका वडा कार्यालयले वडामा नै खाता खोल्न व्यवस्था मिलाएको हो । “म हिँडेर बैंकको कार्यालयमा पुग्न ३ घण्टाभन्दा पनि धेरै समय लाग्छ”, उनले भने, “वडा कार्यालयमा नै खाता खोल्न पाउने सुविधा वडाध्यक्षले व्यवस्था मिलाएपछि खुशी लाग्यो ।”

अर्का ८० वर्षीय जमान सिं तामाङ पनि बैंकमार्फत मात्रै भत्ता आउने भएपछि बैंकमा खाता खोल्न वडा कार्यालय पुगे । पहिला–पहिला वडाध्यक्ष र सचिवले घरघरमै पु¥याउने गरेको भए पनि अब बैंकबाट नै भत्ता दिने भएपछि वडा कार्यालयमा पुगेर खाता खोल्न लागेको उनले बताए ।

ग्रामीण भेगका ज्येष्ठ नागरिक तामाङ त एउटा उदाहरण मात्रै हुन् । यसरी भौगोलिक विकटतासँगै यातायातको सुविधा नभएका ग्रामीण भेगका ज्येष्ठ नागरिक, अशक्त व्यक्तिहरुका लागि टाढाको बैंक रहेको शाखा कार्यालयसम्म पुग्न निकै समस्या झेल्नुपर्ने बाध्यता छ । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिका–३, माझीफेदाले वडा कार्यालयमा नै खाता खोल्ने वातावरण बनाएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरण गर्न लाभग्राहीको बैंक खाता खोल्न ग्रामीण भेगका लाभग्राहीलाई असहज भएका कारण एनसिसी बैंक, कात्तिके देउराली शाखासँग समन्वय गरेर वडामा नै खाता खोल्ने वातावरण मिलाएको वडाध्यक्ष विनोद घिसिङले बताए । पूर्ण अपाङ्ग, अपाङ्ग, ज्येष्ठ नागरिक, एकल महिलालाई वडाबाट बैंकको कार्यालय पुग्न हिँडेर कम्तीमा ३ घण्टा लाग्ने भएपछि बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न ग्रामीण क्षेत्रमा कठिन भएको वडाध्यक्ष घिसिङले बताए । “गाउँका ज्येष्ठ नागरिक, शारीरिक अशक्त, एकल महिलालाई बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने नीति त आयो तर उनीहरु बैंकमा पुग्न सक्ने अवस्था नै छैन”, उनले भने, “जनताका लागि गाउँगाउँमा सिंहदरबार आएको अनुभूति पनि गराउन जनताको समस्या हामीले नबुझे कसले बुझ्ने भन्ने हेतुका साथ सो सेवा प्रदान गरेका हौँ ।” जनताको समस्या देखेर नै वडा कार्यालयमा खाता खोल्ने वातावरण मिलाएको उनले बताए ।

खाता खोल्नका लागि तीन दिनसम्म सेवा प्रदान गर्ने उनले बताए । खाता खोल्न शुरु गरेको पहिलो दिन सोमबार मात्रै १५० भन्दा बढीको खाता खोलिसकेको उनले बताए । ३ नं वडामा सामाजिक सुरक्षा भत्ताका लाभग्राही ३८६ जना रहेको वडाध्यक्ष घिसिङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा भोलिदेखि सुरु हुँदै प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड कपिलवस्तुमा करेन्ट लागेर २२ वर्षीय तेलीको मृत्यु प्रहरी समायोजन ऐन कार्यान्वयन नभए आन्दोलनमा उत्रिने ६ वटा प्रदेशको चेतावनी माओवादीको पोलिट्ब्यूरो १५६ सदस्यीय, ३१ वैकल्पिक सदस्य थप उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु मिस्टर एण्ड मिस नवलपरासीको उपाधि रवि र श्रुतिलाई लुम्बिनीको दाङमै उत्पादन हुन्छ डिएपी मल माओवादी पोलिटव्युरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित) नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन