२१ असार २०७९, मंगलवार

Jul 5, 2022

फाइल तस्विर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था मिलाएको छ । उमेरका कारण स्वास्थ्य संस्थासम्म जान नसक्ने ती नागरिकलाई गाउँपालिकामा कार्यरत अहेव र अनमीमार्फत घरैमा पुगेर स्वास्थ्य परामर्श सेवा उपलब्ध गराएको हो ।

Advertisement

वडा नं ४ डम्बर्खुशिवालयबाट शुरुआत गरिएको गाउँपालिकास्तरीय स्वास्थ्य सेवा परामर्श सबै वडामा पु¥याइने गाउँपालिकाका शाखा संयोजक पवन पोखरेलले जानकारी दिए । ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्दै स्वास्थ्य समस्यका बारेमा जानकारी लिएर आवश्यक परामर्श प्रदान गर्ने व्यवस्था गर्न गाउँपालिकाको तर्फबाट कार्यक्रम शुरु गरिएको स्वास्थ्य उनले बताए ।

स्वास्थ्य परामर्श प्रदान गर्न सम्बन्धित वडा कार्यालयमार्फत स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले जानकारी दिए । “ज्येष्ठ नागरिकको हितलाई ध्यान दिएर अघि सारिएको स्वास्थ्य परामर्शका कार्यक्रमलाई क्रमशः सबै वडामा विस्तार गरिने छ”, उनले भने, “अभियानका क्रममा गाउँपालिकाभित्रका दीर्घरोगीलाई निःशुल्क औषधि उपलब्ध गराउन उनीहरुको तथ्याङ्क सङ्कलनको कामसमेत भइरहेको छ ।”

गाउँपालिकाले आफ्नो घरैमा स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य सेवा उपलब्ध गराउन थालेपछि ज्येष्ठ नागरिक हर्षित भएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाका स्थानीय बासिन्दा यसअघिसम्म घण्टौँ पैदल हिँडेर चिसापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर आफ्नो स्वास्थ्य जाँच गराउँदै आएका थिए ।

जिल्लाको दुर्गम क्षेत्रमा पर्ने उक्त गाउँपालिकाका अधिकांश स्थानीय बासिन्दा स्वास्थ्य जाँच गराउनकै लागि छिमेकी जिल्ला उदयपुरको गाईघाट धाउनुपर्ने बाध्यता छ । राष्ट्रिय सडक सञ्जालको पहुँचसमेत नपुगेको उक्त गाउँपालिकामा पछिल्लो समय हिउँदको समयमा भने यातायात सञ्चालन हुन थालेको छ ।

दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि ज्येष्ठ नागरिक तथा गर्भवतीका लागि विशेष स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गर्भवतीका लागि आइरन चक्की घरैमा उपलब्ध गराउनुका साथै यातायात भाडामा छुट दिँदै आएको छ ।

हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकाले गर्भवतीको निःशुल्क गर्भजाँच गर्न ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरेको छ । उक्त दुई स्थानीय तहले स्थानीय स्वास्थ्य संस्थामै गर्भजाँच गर्ने सुविधा विस्तार गर्न वनहर्ट वल्डवाइडको सहकार्यमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरेको हो ।

प्रतिकृया दिनुहोस्

Flash News

वैवाहिक नागरिकताको उल्झनमा नागरिकता विधेयक, अब विधेयक ल्याउने कि अध्यादेश ? नगरपालिकाको सार्वजनिक सुनुवाइमा जम्मा ३ जना सर्वसाधारणको सहभागिता ! नागरिकता विधेयक : पुरानो फिर्ता, नयाँ संशोधन विधेयक पेस गर्ने कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो