१७ असार २०७९, शुक्रबार

Jul 1, 2022

काठमाडौँ । उखु किसानको बक्यौता भुक्तानीका लागि सरकार र उखुु किसानबीच सहमति भएको २१ दिनको समयसीमा पूरा भएको छ तर उक्त अवधि बित्दा पनि किसानले पूरै भुक्तानी पाएका छैनन् ।

Advertisement

सरकारले ७२ प्रतिशत भुक्तानी भइसकेको दाबी गरेको छ तर किसानले भने सम्झौताअनुुसार रकम भुक्तानी नभएको भन्दै उखुु किसानले पुनः आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
बक्यौता रकम माग गर्दै उखु किसानले आन्दोलन गरेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसानबीच पुस १३ गते चार बुँदे सम्झौता भएको थियो । सम्झौतापत्रको बुँदा नं. १ मा उखुु किसानको बक्यौता भुक्तानी नगर्ने चिनी उद्योगीको सम्पत्ति रोक्का राख्ने, नगद कारोबार रोक्का राख्ने र थुुनुुवा पुर्जी जारी गर्नेलगायतका कारबाही प्रक्रिया सुरु भइसकेको जनाइएको छ ।

तोकिएको म्यादभित्र बक्यौता रकम भुक्तानी नगर्ने चिनी उद्योगीलाई सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी थप कानुुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने सम्झौतामा उल्लेख गरिएको छ । गृह मन्त्रालयका अनुसार किसानले पाउनुुपर्ने बक्यौता रकममध्ये ७० करोड ५८ लाख रुपियाँमध्ये हालसम्म ५१ करोड ३८ लाख रुपियाँ भुक्तानी भइसकेको छ । मन्त्रालयका सूचना अधिकारी प्रेम लामिछानेले किसानले पाउने रकममध्ये ७२ प्रतिशत रकम प्राप्त गरिसकेको जानकारी दिए । कति किसान र कुनकुन किसानले रकम पाए, पाएनन् त्यसको तथ्याङ्क मन्त्रालयलाई प्राप्त नभएको भन्दै पनि कुन उद्योगीले कतिकति रकम बुुझाए त्यसको तथ्याङ्क मात्र जिल्ला प्रशासन कार्यालयमार्फत आएको उनले बताए।

गृह मन्त्रालयका अनुसार श्रीराम सुुगर मिलले ४० करोड ४६ लाखमध्ये ३५ करोड ७५ लाख, अन्नपूर्ण सुुगर मिलले १७ करोडमध्ये ११ करोड २७ लाख, लुुम्बिनी सुुगर मिलले आठ करोड ४१ लाखमध्ये चार लाख १६ लाख र इन्दिरा सुुगर मिलले चार करोड ७० लाखमध्ये एक करोड ५० लाख रुपियाँ भुुक्तानी गरेका छन् ।-गोरखापत्र

प्रतिकृया दिनुहोस्

Flash News

सप्तकोसी नदी कटानले दर्जनौं बस्तीका चार हजार घरपरिवार उच्च जोखिममा अखिल र नेविसंघ स्ववियू निर्वाचनबाट भागेः पञ्चा सिंह ३ वर्षमा ५२ सुत्केरीको एयर लिफ्टिङमार्फत उद्धार, आगामी वर्ष ४५ लाख विनियोजन लुम्बिनी सरकारलाई अर्को चुनौती, अस्पताल विकास समितिलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश घुस रकमसहित अदालका कर्मचारी अख्तियारको फन्दामा लुम्बिनी प्रदेशमा २७८ मृगौला रोगी तथा १४७३ दमका विरामीलाई उपचारमा आर्थिक सहयाेग काँग्रेसमा संस्थापन इतरको बैठक आज पनि बस्ने यस्तो छ ३ दिनसम्ममको मौसमी आंकलन बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना : एकको मृत्यु, ४३ जना घाइते विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि लुम्बिनीको दाङमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते जुम्लामा जिल्ला स्तरीय कृषि मेला : चिनोदेखि भाँगोसम्म प्रदर्शनी अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना : एकको मृत्यु, ४३ जना घाइते दाङमा सिकलसेलको स्क्रिनीङ परिक्षण गाई-गोरु बाँध्ने गोठमै नवजात शिशुसहित सुत्केरीको बास ५ वर्षीया बालिका बलात्कृत, १६ वर्षीय किशोर पक्राउ धान दिवसमा रोपाइँसँगै विविध सांस्कृतिक कार्यक्रम लुम्बिनीका ६ जिल्लामा सिकलसेल एनिमियाका बिरामी, परीक्षणमै समस्या इस्माले दुना–टपरी उद्योग सञ्चालन गर्ने शेखर कोइरालाको भेलामा को को सहभागी ? (फोटोफिचर)