ताजा अपडेट »

तिनाउ साईक्लिङद्वारा न्यानो कपडा वितरण

सोमबार, ०५ माघ २०७७, १७ : १२
8 Shares

बुटवल । तिनाउ साईक्लिङ क्लबले बुटवलका सडक बालबालिका र विभिन्न आश्रमका आश्रितहरुलाई न्यानो कपडा वितरण गरेको छ। युवाहरुलाई साईकल मार्फत एकतावद्ध गर्दै स्वस्थ्य र पर्यटन प्रर्द्धनसहित स्थापना भएको क्लबले सामाजिक उत्तरदायित्व अन्तरगत सोमबार न्यानो कपडा वितरण गरेको हो ।

सितलहर र चिसो बढेसंग सडकपेटीमा अनाथ अपाङता भएकाहरु समस्यामा परेको समाचार आएपछि अभियानका रुपमा कार्यक्रम गरेको क्लबका अध्यक्ष अर्जुन गुरुङले बताए । क्लबका सदस्य तथा विभिन्न सहयोगदाताहरुबाट संकलन गरिएको कपडा वितरण गरिएको उनले बताए ।
कार्यक्रम गर्न क्यास्टल, नमस्ते क्याफे एण्ड रेष्टुरेन्ट, भिक्टर्स, रिफ्रेस क्याफे र झोल मम लगायत रेष्टुरेन्टहरुबाट सहयोग भएको संयोजक सुशील तुलाचनले बताए । योगिकुटी चोक, राजमार्ग चौराहा, मिलनचोक, ट्राफिक चोक लगायतका स्थानमा कपडा वितरण गरिएको क्लबका उपाध्यक्ष सृजन श्रेष्ठ, सचिव बिराज शाहिले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।