ताजा अपडेट »

नीति तथा कार्यक्रम : प्रधानमन्त्रीले जवाफ दिने

मंगलबार, २४ बैशाख २०७६, १० : २९
8 Shares

वैशाख २४,

काठमाण्डौं । संघीय संसदका दुबै सदनले आज सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गर्दैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रवार सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठकले आज पारित गर्ने कार्यसूची बनाएका हुन् ।


संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले छलफलको क्रम नसकिए प्रधानमन्त्रीको जवाफ र पारितको कार्यसूची भोलीका लागि सार्ने बताए । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको दिउँसो एक बजेका लागि बोलाईएको छ । छलफलमा भाग लिन नाम टिपाएका सांसदहरुले आजपनि नीति तथा कार्यक्रममाथि धारणा राख्नेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।