२२ असार २०७९, बुधबार

Jul 6, 2022

बुटवल । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ५५ औं शाखा संचालनमा ल्याएको छ । बुटवलमा केन्द्रिय कार्यालय रहेको विकास बैंकले नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका- ४ बर्दघाटमा सोमबार एक समारोहका विच विकास बैंक संचालक समितका अध्यक्ष जीवन प्रसाद वभा र वर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा वस्यालले संयुक्त समुद्घाटन गरेका हुन्।

शाखा उद्घाटनको अवसरमा बैंकले उक्त क्षेत्रमा रहेका दाउन्नेदेवी माध्यमिक विद्यालय र श्री नवजीवन माध्यमिक विद्यालयका छात्र तथा छात्रा गरी ४ जना विद्यार्थीहरुलाई नगद तथा स्टेशनरी सामाग्री प्रदान गरेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठले संचालन र अध्यक्ष जीवन प्रसाद वझाको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका संचालक समिति सदस्य ऋषिराम पाण्डे, वर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने र वर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा वस्यालले मन्तव्य व्यक्त गरेका थिए ।

१७ अर्व ६७ करोड निक्षेप संकलन गरी १३ अर्व ३० करोड कर्जा लगानी गरेको बैकले १५ वटा एटिम बाट सेवा दिईरहेको यस विकास बैंकलाई सिटिजन्स बैंक ईन्टरनेसनलले गाभ्नको लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल राष्ट्र बैंकले स्वीकृती दिएपछि सिटिजन्स बैंक इन्टरनेशनलको नामबाट एकिकृत कारोवार हुनेछ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

भारत र कुवेतमा महिला बेचबिखन गर्ने कार्यमा संलग्न तीन जना पक्राउ प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न १० अर्ब खर्च हुने मंसिर २ मा एकै चरणमा प्रदेश र प्रतिनिधिसभाका निर्वाचन गर्न सिफारिस भात पकाउन नेपालीले वर्षेनी किन्छन् ५१ करोडभन्दा बढीको राइस कुकर मैले सीसीटिभीको फुटेज डिलिट गरेको छैन, यसको ज्ञान पनि छैन : शर्मा अर्थमन्त्री शर्माले दिए राजीनामा अर्थमन्त्री शर्माको भाषण एमालेद्वारा बहिस्कार बस दुर्घटना, पाँच जना घाइते अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म उनको कुरा सुन्दैनौं : भट्टराई यु-२० टिममा स्थान बनाउन डेनमार्कदेखि काठमाडौंसम्मकाे यात्रा अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन जोनसनलाई एकपछि अर्को झट्का, थप दुई मन्त्रीले दिए राजीनामा ४४ वर्षअघि लेखिएको मेसेज फेला परेपछि… असार २६ गते सार्वजनिक विदा चौधरी ग्रुपको स्पष्टीकरणः बजेट निमार्णमा हाम्रो कुनै संलग्नता छैन, छानबिन होस् वीरगञ्ज महानगरले घटायो सम्पत्ति करको दर माओवादी केन्द्रीय समिति बैठक स्थगित सर्वोच्चका दुई महत्वपूर्ण फैसला : वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो खेर गएको प्लास्टिकबाटै यसरी उत्पादन हुन्छ इन्धन अर्घाखाँचीको सिद्धाराकाे गाउँमा पहिलाेपटक बिजुली पुगेपछि…