ताजा अपडेट »

एनएमबि बैंकको प्रगति,९ महिनामा कमायो १६५ करोड

सोमबार, २३ बैशाख २०७६, १८ : ३५
4 Shares

वैशाख २३,

काठमाडौं । एनएमबि बैंकले ९ महिनाको अवधिमा १ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले आज ‘सोमवार’ आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासिकवित्तीय विवरण सार्वजनिक गर्दै १ अर्ब ६५ करोड रुपैयाँ मुनाफा कमाएको जनाएको हो । एनएमबी बैंकले गत वर्षको तुलनामा २० प्रतिशत भन्दा बढी रकम नाफा कमाएको हो ।

बैंकको दुईवटा सहायक कम्पनी सहित बैंकको समुह खुद नाफा भने १ अर्ब ७२ करोड रहेको छ । यो नाफासँगै बैंकको खराब कर्जामा समेत सुधार भएको छ । खराब कर्जा १ दशमलब १० प्रतिशत बाट ० दशमलब ७९ प्रतिशतमा झरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीका अनुसार पुँजी कोष अनुपात १५ दशमलब ४२ प्रतिशत रहेकोले यसले बैंकको थप व्यवसाय वृद्धिका लागि पर्याप्त क्षमता रहेको तथा नियामक निकायको प्रावधानहरु समेत पुरा गरेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।