१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

काठमाडौं । निर्वाचन आयोगले सरकारद्वारा प्रतिनिधिसभाका लागि चुनावको घोषणा गरेपछि तोकिएको मितिमा मतदान गराउन आवश्यक तयारीहरू थालिसकेको जनाएको छ।अधिकारीहरूका अनुसार आचारसंहिता कार्यविधि परिमार्जन, बजेटको टुङ्गो र सामग्री व्यवस्थापन लगायतका काममा आयोग अहिले लागिपरेको छ।

Advertisement

सरकारले वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा सदस्य चयन गर्नका लागि चुनावको मिति तोकेको छ । प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गर्ने कदमविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका छन्। सर्वोच्च अदातलको संवैधानिक इजलासले उक्त मुद्दामा “गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकाले” बृहत् पूर्ण इजलासमा नपठाई आफैँ सुनुवाइ गर्ने निर्णय शुक्रवार गरेको छ।

छुट्ने चिन्ता
सर्वोच्च अदालतले सरकारको कदमलाई सदर गरिदियो र निर्धारित मितिमै निर्वाचन हुने भयो भने मतदानका लागि योग्य उमेर हुँदाहुँदै ठूलो सङ्ख्यामा मानिसहरू मताधिकारबाट वञ्चित हुने एकथरीको चिन्ता छ। त्यसरी चिन्ता जाहेर गर्नेमा सर्वसाधारण नागरिकदेखि निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्तहरूसम्म छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गत पौष ५ गते प्रतिनिधिसभा विघटन गरेकी हुन्

नेपालमा १६ वर्ष पुगेपछि मतदाता नामावलीमा नाम लेखाउन पाउने र १८ वर्ष उमेर पुगेका व्यक्तिले मतदान गर्न पाउने कानुनी व्यवस्था छ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल भन्छन्, “ठूलो समूह मतदानको प्रक्रियाबाट वञ्चित रहने सम्भावना रहन्छ। त्यो समूह मतदान गर्न एकदम लालायित छ र सशक्त ढङ्गले सहभागी हुन्छ।”

“त्यस्ता मतदाताहरू मतदानबाट वञ्चित हुने सम्भावना रहन्छ जुन राम्रो कुरा होइन।” निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगले २०७४ सालको भदौ ५ गते देशव्यापी मतदाता नामावली अद्यावधिक गरेको थियो। “त्यस पश्चात् केही निर्वाचन क्षेत्रमा भएका उपनिर्वाचनको समयमा मतदाता नामावली अद्यावधिक गरिएको थियो। तर त्यो केही स्थानमा मात्रै सीमित थियो,” प्रवक्ता श्रेष्ठले भने।

नामावली अद्यावधिक

निर्वाचन आयोगले गत पुस ५ गतेलाई वैशाखको चुनावका लागि ‘कट अफ डेट’ अर्थात्‌ अन्तिम मिति मानेर मतदाता नामावलीलाई अद्यावधिक गर्न लागेको जनाएको छ। तर यसपालि नामावली अद्यावधिक गर्दा नयाँ मतदातालाई समावेश गरिने छैन। त्यो मितिसम्म एक करोड ६३ लाख मतदाताको नाम समेटिएको आयोगले जनाएको छ।

“त्यसमा हामीले मृत्यु भइसकेका, नाम दोहोरिएका र गलत विवरण दिई समावेश भएका मतदातालाई सूचीबाट हटाएर अन्तिम नामावली तयार पार्छौँ,” प्रवक्ता श्रेष्ठले थपे । यसको अर्थ कोरोनाभाइरस महामारी सुरु भएयता स्वदेश फर्केका नेपालीमध्ये मतदाता नामावलीमा नाम नभएका व्यक्तिले भोट खसाल्न पाउनेछैनन्।

“विद्यमान ऐन अनुसार निर्वाचनको मिति घोषणा गरिएपछि मतदाताको नाम सङ्कलन गर्ने काम रोकिन्छ। त्यसैले त्यसअघि सम्मको मतदाता नामावलीमा नाम नभएका व्यक्ति मतदानमा सहभागी हुन सक्दैनन्,” श्रेष्ठले स्पष्ट पारे। कोरोना भाइरस महामारी सुरु भएपछि गत चैत यता स्थलमार्ग र हवाईमार्गबाट गरी सात लाख ६९ हजार ५६५ नेपाली स्वदेश फर्केको औपचारिक तथ्याङ्क रहेको गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले शनिवार बताए।

तीमध्ये कति जनाको नाम मतदाता नामावलीमा छ वा छैन भन्न सक्ने अवस्था नरहेको आयोगका अधिकारीहरू बताउँछन्। विदेशबाट फर्केका नेपालीबाहेक २०७४ साल यता १८ वर्ष पुगेर नामावलीमा नाम लेखाउन छुटेका पनि थुप्रै हुन सक्ने पूर्वप्रमुख निर्वाचन आयुक्तहरूको अनुमान छ।

कानुनमा संशोधन
अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती मतदान गर्न योग्य तर मतदाता नामावलीमा नाम नभएका सबैलाई मताधिकारको अवसर प्रदान गर्नुपर्ने सुझाउँछन्। “मलाई लाग्छ १०(१२ लाख नागरिक छन् जसले आफ्नो नाम लेखाउन सक्छन् । नामावलीमा सबैलाई समेट्न आयोगले एउटा ठूलो अभियान नै चलाउनुपर्छ,” उनले भने।

“कस्तो(कस्तो कुराका लागि अध्यादेश आउँछ। जनताको मताधिकार सुनिश्चित गर्नका लागि अध्यादेश ल्याउन नसकिने भन्ने कुरा हुँदैन।” दलहरू सहमत हुने हुन् र सरकारले कानुनमै संशोधन गरी नामावली सङ्कलन गर्ने बाटो खोलेमा छुटेका सबैलाई मतदानमा सहभागी गराउन सकिनेमा आयोगका प्रवक्ता श्रेष्ठ पनि सहमत छन्।बीबीसीबाट

प्रतिकृया दिनुहोस्

Flash News

हिजाब नलगाएपछि सरकारले भत्कायो इरानी आरोहीको घर सामाजिक सुरक्षामा तीस प्रतिशत आबद्ध इन्डोनेसियामा शक्तिशाली भूकम्प माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय उपमेयर डंगोलको निर्देशन: आकाशे पुल तत्काल मर्मत गर्नु, बार घटाएर पारदर्शी बनाउनू भूमि आयोगको सूचनापछि काठमाण्डौंमा थप आक्रामक बन्दै उपत्यका विकास प्राधिकरण नेत्रहीन टी-२० विश्वकपमा नेपाल, टोली आज भारत प्रस्थान हुँदै ठूला तीन दल खुम्चिदा नयाँ दुई दलको भयो उदय पहाडी क्षेत्रमा बदलीको सम्भावना सजिलो सहकारीको छैटौं अधिवेशन, अध्यक्षमा पुनः पोख्रेल बुटवल तथा सैनामैनाका यी स्थानमा आइतबार विद्युत अनियमित हुने (सूचनासहित) देवदहकी दिपा मृगौला रोगले पीडित, सहयोगका लागि परिवारको अपिल दाङमा चार महिनामै थपिए करिब तीन सय उद्योग, ६१ करोड बढीको पूँजी लगानी भैरहवामा मंसिर १८ देखि अन्तर विद्यालय टि-२० क्रिकेट अमरज्योतीको १४ औं वार्षिक साधारणसभा तिलोत्तमाको मेलामा दर्शकको चाप बढ्दै, शनिबार मात्रै ५० हजारले अवलोकन गरेको दाबी ‘परदेशको पसिनाको उचित प्रतिफल निकाल्न राज्यको ध्यान जानुपर्छ’ बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः ओम ज्ञवाली डुब्न थालेपछि रुपन्देहीका सहकारीहरु एक ठाउँमा, संकट टर्नेमा अभियान्ताहरुकै आशंका