१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

चितवन । भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष बन्ने भएको छ । आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी प्रक्रिया शुरु गरिएको छ ।

Advertisement

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको आकस्मिक कक्ष बनाउन लागिएको हो । विसं २०२० मा बनेको अस्पतालको आकस्मिक कक्षमा जम्मा १० शय्या क्षमता रहेको छ । समयअनुसार बिरामीको चापलाई ध्यान पुर्याएर नयाँ भवन बनाउन लागिएको उहाँको भनाइ छ । अब बन्ने आकस्मिक कक्षमा ५० शय्या रहनेछन् ।

स्वास्थ्य मन्त्रालयको रु नौ करोडमा भवन निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । हाल बोलपत्रमा आकस्मिक कक्षका लागि भुइँतला मात्रै बनाइने भए पनि आगामी वर्ष थप दुई तला बनाउन मिल्ने गरी नक्शाङ्कन गरिएको छ । माथिल्लो तलामा ट्रमा सेन्टर बनाउने योजना रहेको डा. अधिकारीले बताए ।

आकस्मिक कक्षमा ट्रमा सेन्टरसहित शल्यक्रिया कक्षसमेत रहने अध्यक्ष अधिकारीले जानकारी दिए । उनले भने, “आकस्मिक कक्ष बनेपछि शय्या अभावमा बिरामी बाहिर जानुपर्ने बाध्यता रहँदैन ।” आकस्मिक कक्षका परीक्षणका उपकरणसहित बिरामीलाई सबै सुविधा त्यसैभित्र हुने उनको भनाइ छ । बिरामी आएलगत्तै जटिलताका हिसाबले छुट्याएर बिरामीको उपचार गर्ने व्यवस्था गरिनेछ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको आकस्मिक कक्ष हुनेछ ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीका अनुसार आकस्मिक कक्षमा वार्षिक ४० हजार हाराहारी बिरामी आउने गर्दछन् । शय्या थप गरेसँगै यो सङ्ख्या बढ्ने उनले बताए । उनले भने, “ठूलो दुर्घटना हुँदा आकस्मिकरूपमा धेरै बिरामी राखेर उपचार गर्न सकिएको थिएन । नयाँ भवन बनेसँगै अब त्यो सम्भव छ ।”

राजधानी भित्रिने र बाहिरिने पृथ्वी राजमार्ग, नारायणगढ-मुग्लिन सडकखण्ड, पूर्वपश्चिम राजमार्गलगायतका धेरै सडक सञ्जालसँग जोडिएकाले यहाँ दुर्घटना धेरै हुने गर्दछन् । सरकारी अस्पतालको आकस्मिक कक्ष सानो र सुविधा नहुँदा अधिकांश दुर्घटनाका घाइते निजी मेडिकल कलेजमा लैजानुपर्ने बाध्यता छ ।

अहिलेको प्रशासनिक भवनको पछाडि रहेको खाली ठाउँमा आकस्मिक भवन बनाइँदैछ । देशकै मध्यभागमा रहेकाले यहाँ देशका १९ जिल्लाबाट बिरामी उपचार गर्न आउँछन् । भूकम्पको समयमा पहाडी जिल्लाबाट ठूलो सङ्ख्यामा बिरामी यहाँ ल्याएर उपचार गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

सम्पादक कंडेलको स्मृतीमा दीप प्रज्वलन कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत, गगन र विश्वप्रकाश अघि बढे रोटरीले बुटवलमा भित्र्यायो ग्लोबल ग्रान्टअन्तर्गत १० करोडका प्रोजेक्ट तिलोत्तमामा औधोगिक ब्यापार मेलाको तयारी पूरा, ३ सय स्टल सहभागी हुँदै विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने