ताजा अपडेट »

भारतको कर्नाटकमा बस र ट्रक आपस ठोक्किँदा एघारको मृत्यु

शुक्रबार, ०२ माघ २०७७, १७ : ०९
10 Shares

काठमाडौँ । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना व्यक्तिको मृत्यु भएको बताइएको छ । समाचारमा बताइए अनुसार एउटा मिनीबस विपरीत दिशाबाट आएको अर्को एक ट्रकसँग एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।

त्यसमा परी अरु सात जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल पुर्याइएको छ । सो दुर्घटनामा परेर उक्त बसमा रहेका एकजना पुरुष सवारी चालक सहित ११ जनाको ज्यान गएको बताइएको छ । मृत्यु हुनेमा दश जना यात्रु महिला रहेको प्रहरीले जानकारी दिएको छ । सो दुर्घटनास्थल बैंगलुरुबाट ४३० किलोमीटर पर पर्दछ । प्रहरीले घाइते सबैलाई अस्पताल लगिएको बताएको छ ।

प्रहरीका अनुसार सो दुर्घटनामा परेकामध्ये पाँच जना महिलाको अवस्था चिन्ताजनक रहेको छ ।ती यात्रुहरु पारिवारिक कामका लागि हिँडेका थिए । उनीहरु गोवा जान लागेको पनि प्रहरीले जानकारी दिएको समाचारमा जनाइएको छ ।-सिन्ह्वा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।